बिर्तामोड / पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

देशभर गरिएको १३ हजार ६९८ पीसीआर र ३ हजार ६१० जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

OM Sai Pathibhara Hospital

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ। गत २४ घण्टामा १ हजार ६७८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ३९ हजार ३६८ पुगेको छ।

उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ।