स्वास्थ्य

    Showing 1,721-1,730 of 2,450 items.
  • खोप प्रकरण : बिर्तामोड नगरपालिकामा तालाबन्दी

    बिर्तामोड / आफू निकटलाई खोप लगाउने तयारी गरिरहेको समयमा बिर्तामोडको होटल टाइमलेसबाट नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का खोप सहित पक्राउ परेपछि उनीमाथि कारवाहीको माग गर्दै सत्तारुढ दलकै विद्यार्थीले नगरपालिका कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।सत्तारुढ दल सम्वद्ध नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीले खड्कामाथि कारवाहीको माग गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । नगरपालिका पुगेका विद्यार्थी सङ्गठनका कार्यकर्ताले खोपमा चरम लापरवाही र कालोबजारी भएको भन्दै उनीमाथि कारवाही नभएसम्म तालाबन्दी नखोल्ने बताएका छन् ।यो पनि –आफू निकटलाई होटलमा बोलाएर खोप दिने बिर्तामोडका स्वास्थ्य प

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 5,947 पटक पढिएको
  • आज थप ३ हजार ६११ जनामा कारोना संक्रमण , २७ को मृत्यु

    बिर्तामोड / नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११जनामा कारोना संक्रमण पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन गरी देशभर गरिएको १४ हजार ६६१ जनाको परीक्षणका क्रममा शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ७८३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ। पीसीआर परीक्षणबाट २ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ८७८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 248 पटक पढिएको
  • आफू निकटलाई होटलमा बोलाएर खोप दिने बिर्तामोडका स्वास्थ्य प्रमुख पक्राउ  (भिडियो सहित)

    बिर्तामोड  / कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई दिने गरेको सार्वजनिक भइरहेको समयमा बिर्तामोडको एक होटलमा लुकाएर राखिएको खोप र स्वास्थ्य प्रमुखलाई सत्तारूढ दलका नेता / कार्यकर्ताकाे एक समूहले रंगेहात समातेको छ ।बिर्तामोड –१ स्थित होटल टायम लेसबाट लुकाइराखेको १०० भायल खोप सहित पटक – पटक विवाद अनि आलोचनामा पर्दै आएका बिर्तामोड नगरपालिकाका जनस्वास्थ्य प्रमुख ओम खड्कालाई  सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेता / कार्यकर्ताकाे एक समूहले रंगेहात समातेका हुन् । बरामद खाेप प्रतिभायल दुई डाेज रहेकाे छ । विगत केही दिनयता बिर्तामोड नगरपा

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 3,088 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेटः थप १ हजार १४४ मा संक्रमण पुष्टी

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।१ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २–२, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज

    • प्रकाशित मितिः साउन १५, २०७८
    • 158 पटक पढिएको
  • अर्जुनधारामा खोप स्थगित

    बिर्तामोड / कोभिड १९ विरुद्ध सञ्चालन भइरहेको खोप लगाउने कार्यक्रम अर्जुनधारा नगरपालिकामा स्थगित भएको छ ।नगरपालिकाले बिहीबार अपराह्न एक सूचना जारी गर्दै खोप कार्यक्रम स्थगन गरिएको जनाएको हो ।                                                                                                                    &nbs

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 263 पटक पढिएको
  • हुम्लामा कोरोना सङ्क्रमितको संख्या तीव्ररुपमा बढ्दै

    हुम्ला / हुम्लामा कोभिड –१९ को सङ्क्रमण तीव्ररुपमा बढ्दै गएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका  र गाउँपालिकामा क्वारेन्टिनमा बसेका गरी ३६२ सङ्क्रमित पुगेका छन् । जिल्ला अस्पतालमा गत मङ्गलबारमात्र दुई, खार्पुनाथ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । हालसम्म जिल्ला अस्पतालमा ९५, सर्केगाडमा ६३, सिमीकोटमा नौ, ताजाकोटमा ३६, अदानचुलीमा ३७, खार्पुनाथमा ३६, चखेलीमा ५२ र नाम्खा गाउँपालिका १४ गरी कूल सङ्क्रमित ३६२ पुगेको हो । सङ्क्रमितमध्ये हालसम्म ३०४ जना निको भएर घर फिर्ता भइसकेका छन् ।

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 136 पटक पढिएको
  • ५० वर्ष माथिका नागरिकलाई चार दिनसम्म खोप

    काठमाडौँ / कोरोना विरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएको छ । खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ ।  यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम शुरु भइसकेको र  साँझ ५ः०० बजेसम्म जारी रहनेछ । खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र  ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुप

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 160 पटक पढिएको
  • असोजभित्र खोप लगाइसक्ने गरी तालिका बनाउन अर्थमन्त्रीको सुझाव

    काठमाडौँ  / कारोना खोप संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी तालीका बनाउन अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार भएको छलफलमा उनले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसंग फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न सुझाव गरेका हुन् ।मन्त्री शर्माले खोप खरिदका लागि बजेटको कमी हुन नदिने भन्दै, जुन–जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन आग्रह गरेका छन् । असोजभित्र खोप दिन नसकिएमा मुलुकको अर्थतन्त्र समेत धरापमा पर्न सक्ने उनले बताएका छन् ।  देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकाले विकास निर्माणको लागि विन

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 268 पटक पढिएको
  • सरकारको नीति अवज्ञा गर्दै जनप्रतिनिधि

    भद्रपुर / भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठमाथि जनप्रतिनिधि र कांग्रेस कार्यकर्ताले अश्लील शब्द प्रयोग गरी दुब्र्यवहार गरेका छन् । ५ नम्बर वडा कार्यालयको खोप केन्द्रमा सरकारले तोकेका उमेर समूहबाहेक नागरिकलाई खोप लगाएको सूचना पाएपछि मेयर श्रेष्ठ बुधवार त्यहाँ पुगेका थिए । ५५ वर्षदेखि माथिका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्नेमा त्यसभन्दा कम उमेर समूहका नागरिकले खोप लगाएको भेटाएपछि मेयर श्रेष्ठले ‘यस्तो कार्य बन्द गर्नुहोस’ भनेका थिए । मेयरको अवरोधपछि वडा कार्यालयमा ‘बबाल’ भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूको भनाइ छ । मेयर श्रेष्ठले भने, ‘खोप केन्द्र पुग्दा ५ न

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 1,039 पटक पढिएको
  • ब्राजिलमा कोभिड संक्रमणबाट २४ घण्टामा १ हजार ३४४ को मृत्यु

    काठमाडौं  / ब्राजिलमा कोभिड –१९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।ब्राजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ५३ हजार १७९ पुगेको छ । यहाँका अधिकारीहरुले बुधबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड —१९

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 152 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.