बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

१ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २, ताप्लेजुङ र तेह्रथुममा ११ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज प्रदेश १ मा ३९७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२८ महिला र १६९ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।