स्वास्थ्य

    Showing 1,431-1,440 of 1,914 items.
  • कोरोना नियन्त्रणका लागि वैदेशिक सहयोगको खाँचो छ : पुर्व राजा ज्ञानेन्द्र शाह (भिडियो सहित)

    काठमाण्डौं / कोरोना संक्रमण मुक्त भएपछि देशवाशीका नाममा भिडियो सन्देश जारी गरी पुर्व राजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणमा थप अन्तराष्ट्रिय सहयोगको नेपाललाई खाँचो रहेको बताएका छन् ।उनले कोरोना नियन्त्रणका लागि प्राप्त भएका अन्तराष्ट्रिय सहयोग प्रति आभार प्रकट गर्दै नेपाल र नेपालीका लागि गरेको सहयोग प्रति धन्यवाद समेत व्यक्त गरेका छन् । नारायणहिटी दरवार छाडेपछि विशेष अनि खास दिनमा देशबासीका नाममा लिखित रुपमा शन्देश दिंदै आएका पूर्वराजाले उपचारमा नै रहेकी पत्नी कमललाई समेत साथमा नै राखेर पहिलो पटक भिडियो सन्देश जारी गरी महामारी नियन्त्रणका लागि थप वैदेशिक सहयोग मागेका हुन् ।पुर्वराजा परिवार

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 182 पटक पढिएको
  • देशभर आज ५ हजार ८२५ मा कोरोना पुष्टि, ७५ मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको विवरण अनुसार १८ हजार ५ सय ६२ जनामा गरिएको पीसीआर परीक्षणबाट ५ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजारमा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा कुल थपिएका संक्रमितको संख्या भने ६ हजार ८ सय २५ छ ।२४ घण्टामा मृत्यु हुनेको संख्या पनि ७५ छ । पछिल्लो समय संक्रमित सँगै मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । २४ घण्टामा ५ हजार ९ सय ४ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १ हज

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 213 पटक पढिएको
  • कोरोनाबाट दुई छोरा र आमाको मृत्यु

    उदयपुर / कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका –७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो भने १७ गते सोही परिवारका ५० वर्षीय जेठा छोराको मृत्यु भएको थियो ।आज बिहान होमआइसोलेशनमा नै उपचार गराउँदै गरेकी ६५ वर्षीया आमाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कान्छा छोरा भने कोरोना उपचारपछि तीन दिनअघि बाँचेर घर फर्कन सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । यसरी एउटै घरका दुई छोरा र आमाको कोरोनाका का

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 297 पटक पढिएको
  • प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

    काठमाडौँ / बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड –१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गर्नुभएको उक्त दूतावासले आज जनाएको छ ।त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरे ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 128 पटक पढिएको
  • काठमाडौँ महानगरपालिकामा आजदेखि पुनः एन्टिजेन परीक्षण शुरु

    काठमाडौं  / काठमाडौँ महानगरपालिकाले आजदेखि पुनः एन्टिजेन परीक्षणलाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो ।यसका लागि प्रत्येक वडाले आफूअनुकूल केन्द्र बनाएर परीक्षण गर्ने महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।उक्त परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएका बिरामीलाई आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षणलाई निरन्तरता दिइएको प्रमुख कुँवरको भनाइ छ ।कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 79 पटक पढिएको
  • कालो ढुसीको संक्रमणबाट एकको मृत्यु

    धनगढी / कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ ।यही १९ जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी) का कारण मृत्यु भएको हो ।उनको बिहीबार बिहान ७ः०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 116 पटक पढिएको
  • नेपालमा पनि कालो ढुसीका बिरामी

    काठमाडौँ / नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामीहरु भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले  पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताए । उनका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँका रहेका छन् । यसअघि कालो ढुसीका बिरामी भारतमा फेला परेका थिए ।यस्का लक्षणहरुकालो ढुसीले कोभिड –१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए प्राणघातक हुनसक्ने उनले बताए । अनुहार, मुख, न

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 377 पटक पढिएको
  • वागमती प्रदेशमा २४ घण्टामा २० जनाको निधन

    काठमाडौँ / कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनाको निधन भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण प्रदेशका १३ जिल्लामा नौ महिला र ११ पुरुष गरी कूल २० को निधन भएको छ ।मन्त्रालयका अनुसार निधन हुनेमा काठमाडौँमा पाँच, ललितपुरमा चार, रामेछापमा तीन, काभ्रेमा दुई, घादिङ, नुवाकोट र भक्तपुरमा एक/एक रहेका छन् । यससँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या दुई हजार ४४४ जना पुगेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 111 पटक पढिएको
  • निषेधाज्ञामा रक्त सङ्कलन अभियान

    चितवन / जिल्लामा रगतको अभाव भइरहेका वेला नेपाल कम्यु्निष्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल चितवन र अखिल क्रान्तिकारी चितवनले रक्त सङ्कलन अभियान गरिरहेका छन् । ती दुई सङ्गठनले चार स्थानबाट ३ सय ६२ युनिट रगत सङ्कलन गरिसकेका छन् ।वाइसिएल चितवनका इन्चार्ज सन्तोष पनेरुका अनुसार रामनगरमा ८१ युनिट, जगतपुरमा १ सय ३ युनिट, भोजाडमा ६२ युनिट र कालिका नगरपालिकामा १ सय १६ युनिट रगत सङ्कलन भई सकेको छ । शुक्रबारबाट माडीका ४ ठाउँमा रगत सङ्कलन गरिदैं छ । त्यहाँबाट पनि यतिनै हाराहारी रगत सङ्कलन हुने अनुमान गरिएको छ । पनेरुले भने “रगतको अभाव भएको भन्दै सङ्कलनका लागि रक

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 66 पटक पढिएको
  • संक्रमित महिलाको प्रसूति गाउँकै आइसोलेशनमा

    कास्की / माछापुच्छ्रे गाउँपालिका –२ स्थित सार्दीखोला स्वास्थ्यचौकीमा एक सङ्क्रमित गर्भवतीको सुरक्षित प्रसूति गराइएको छ । स्थानीय २८ वर्षीया महिलाको सो स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले बुधबार राति ८ः५६ बजे आइसोलेशन कक्षमा सामान्य विधिबाट प्रसूति गराएका हुन् ।साँझ ८ः०० बजे सुत्केरी व्यथा लागेर स्वास्थ्यचौकी आएकी ती महिला र उनका श्रीमान्को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हाल सुत्केरी महिला र बच्चा (छोरी) को स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीका अनमी हिमकुमारी गुरुङ र विद्या सापकोटा तथा स्वास्थ्यचौकीका कर्मचारी लक्ष्मी बयल

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 104 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा