बिर्तामोड / आज देशभर थप पाँच सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सात हजार २२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ९ लाख ७४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३१८ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।