चितवन / चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा ५-६ जनाको समूहले मध्यरातमा तोडफोड गरेको छ । 

अज्ञात समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाएर सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको साथै ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्ववन्धु बगालेले बताएका छन् । 

OM Sai Pathibhara Hospital

तोडफोड र कुटपिटमा संलग्नहरूको सिसिटिभी फुटेज रहेको छ । उनीहरु फरार रहेपनि उनीहरूले प्रयोग गरेको मोटरसाइकल भने नियन्त्रणमानै रहेको बगालेले बताएका हुन् । 

घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको र तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान नखुलेको उनले बताएका छन् ।  


राती डिउटीमा आएर तोडफोड गरेर स्वास्थ्यकर्मीको मनोबल घटाउने र ज्यानकैसमेत सुरक्षाको सवाल भएकाले स्थानीय प्रशासनले दोषीहरूलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने उनको माग छ ।