बिर्तामोड / देशभर थप ७०८ जनामा संक्रमण पुष्टि, ११ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३७ जनाको पिसिआरएन्टीजेन परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पिअिसार परीक्षण गर्दा ५७४ र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो। 

आज देशभर ९३२ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ।

देशभर १० हजार ९४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५८ हजार ८५३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।