बिर्तामोड(एजेन्सी) अमेरिकी चिकित्सकले मानिसको शरीरमा सुँगुरको मिर्गौला प्रत्यारोपणको सफल परीक्षण गरेका छन् ।

मृगौला प्रत्यारोपण पछि त्यसले सामान्य रुपमै काम गरिरहेको अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले जनाएको छ ।  

OM Sai Pathibhara Hospital

अमेरिकी एनवाईयु लंगोनी हेल्थका सर्जनहरूले मस्तिष्क मृत भएकी एक महिलाको शरीरमा सुँगुरको मिर्गौला परीक्षण गरेका थिए । यद्यपि, यो मिर्गौला भने आनुवंशिक सम्पादन अर्थात् जिन–सम्पादन गरिएको सुँगुरबाट लिएको थियो।

 परीक्षणमा संलग्न मिनेसोटा विश्वविद्यालय मेडिकल स्कुलका डा. एन्ड्रयू एडम्सले प्रत्यारोपण सफल भएको बताएका छन् । 

सुँगुरहरूलाई मानिसको अङ्ग प्रत्यारोपणका लागि हेरिँदै आएको छ । तर, उनीहरूको कोशिकामा हुने सुगरका कारण मानिसको शरीरले सुँगुरको अङ्ग अस्वीकार गर्छ ।

विश्वभर लाखौँ मानिसहरू मिर्गौला प्रत्यारोपणका लागि पर्खिरहेको अवस्थामा आउँदा वर्षमा यो क्षेत्रको सफलतालाई बिशेषरुपमा हेरिएको छ ।