विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ । 

५३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा ४, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३१ महिला र ५४ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।