बिर्तामोड / आज देशभर थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ। कुल संक्रमितमध्ये ११ हजार ३१५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ।






































