बिर्तामोड / आज देशभर थप ५४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

OM Sai Pathibhara Hospital

यो सँगै कुल संक्रमितको संख्या ८ लाख ७ हजार ५२२ पुगेको छ। कुल संक्रमितमध्ये ११ हजार ३१५ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ७२६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ। 

उक्त अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ। हाल २२५ जना क्वारेन्टाइनमा छन्। २८८ जना आइसीयू र ९८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।