बिर्तामोड / आज देशभर थप ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कूल नौ हजार ७४६ जनाको नमूना परीक्षण गर्दा ५४९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार देशभर रहेका संक्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने ५६९ जना निको भएका छन्
एजेन्सी / दुई ओटै मात्रा खोप लगाएका मानिसबाट पनि कोरोना भाइरस सर्न सक्ने एक अध्यानले देखाएको छ । न्यूकेमा गरिएको एउटा अध्ययनमा दुई ओटा मात्रा खोप लगाएका मानिसमा पनि कोभिड भइरहेको र उनीहरूले आफूसँग बस्ने अरूलाई सङ्क्रमण सारिरहेको देखाएको हो ।विज्ञहरूका अनुसार दुई मात्रा खोप लगाएका मानिसले पनि खोप नै नलगाएका मानिसले जत्तिकै सङ्क्रण फैलाउन सक्छन्।लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले एउटै घरमा बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत छ। अर्थात् उनीहरूले पाँच जनामध्ये दुई जनालाई कोभिड सार्न सक्छन्।तर घरमा बस्ने सबै जनाले पूर्ण मात्रामा कोभिड ख
ललितपुर / ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो ।चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताएका छन्। उनले भने, “यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु ।” पहिलो दिन सो खोप सात वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने थापाले जानकारी गराएका छन् ।यसैगरी सोमबार ललितपुरको आठवट
बिर्तामोड / देशभर आज थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पिअिसार परीक्षण गर्दा ५२७ र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर ६६४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ।
मानामा / बहराइनमा ३ बर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ। बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरुलाई खोप लगाउनु उपयुक्त हुने निश्कर्ष निकालेका हुन्। बालबालिकाहरुलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन्। स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुको सिफारिसका आधारमा आफुहरुले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरुको भनाइ छ। बालबालिकालाई खोप लगाउनेसम्वन्धी निर्णयको विस्तृत विवरण भने स्
बिर्तामोड / आज देशभर थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ४९५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर ४९५ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा
बिर्तामोड / सरकारले चीनसँग खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । आज बिहान ९ बजे १० लाख २० हजार डोज भेरोसेल खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको छ । सोही सम्झौताको पहिलो लट आज आएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।
काठमाडौं / पाँच देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना विरुद्धको खोपलाई लिएर अमेरिकी सरकारको एक समितिले फाइजरको पक्षमा निर्णय गरेको छ। अमेरिकी नियामक संस्था एफडीए (फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन) ले मंगलबार यस फेसलालाई समर्थन गरेको छ। अब यसले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेशनबाट इजाजत पाउनेछ। नोभेम्बर २ सम्ममा यसबारे निर्णय हुने आशा गरिएको बीबीसीले जनाएको छ। फाइजरले इजाजत पाएको अर्को दिनबाट नै खोप अभियान सुरु हुन सक्ने जनाइएको छ। अमेरिकामा पहिलाबाट नै ५ देखि १२ वर्षका बालबालिकालाई खोप दिइरहिएको छ। सेप्टेम्बरमा कम्पनीले परीक्षणका क्रममा खोप बालबालिकाका लागि सुरक्षित रहेको पाइएक
विराटनगर / प्रदेश १ मा आज थप १०७ जनामा कोरोना संक्रमण भएको छ । ५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र सङ्खुवासभामा १ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र ३४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बिर्तामोड / आज देशभर थप छ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.