बिर्तामोड / देशभर आज थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११  हजार ३५५ जनाको पिसिआरएन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पिअिसार परीक्षण गर्दा ५२७  र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो। 

आज देशभर ६६४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ।