बिर्तामोड / सरकारले चीनसँग खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । आज बिहान ९ बजे १० लाख २० हजार डोज भेरोसेल खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको छ । सोही सम्झौताको पहिलो लट आज आएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त आएको यो पहिलो लटको खोप भएको बताए ।