विराटनगर / प्रदेश १ मा आज थप १०७ जनामा कोरोना संक्रमण भएको छ । 

५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र सङ्खुवासभामा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२ महिला र ३४ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।