बिर्तामोड /  आज देशभर थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ४९५  जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

आज देशभर ४९५ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १० हजार ३७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७७ हजार २०७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।