बिर्तामोड / आज देशभर थप छ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या ८ लाख १० हजार २९८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।