काठमाडौं / पाँच देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना विरुद्धको खोपलाई लिएर अमेरिकी सरकारको एक समितिले फाइजरको पक्षमा निर्णय गरेको छ। अमेरिकी नियामक संस्था एफडीए (फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन) ले मंगलबार यस फेसलालाई समर्थन गरेको छ। 

अब यसले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिवेशनबाट इजाजत पाउनेछ। नोभेम्बर २ सम्ममा यसबारे निर्णय हुने आशा गरिएको बीबीसीले जनाएको छ। फाइजरले इजाजत पाएको अर्को दिनबाट नै खोप अभियान सुरु हुन सक्ने जनाइएको छ। 

OM Sai Pathibhara Hospital

अमेरिकामा पहिलाबाट नै ५ देखि १२ वर्षका बालबालिकालाई खोप दिइरहिएको छ। सेप्टेम्बरमा कम्पनीले परीक्षणका क्रममा खोप बालबालिकाका लागि सुरक्षित रहेको पाइएको जनाएको थियो। फाइजरको खोप १२ या त्यसभन्दा माथिका बालबालिकाकामा लगाउनका लागि मान्यता प्राप्त भइसकेको छ। 

सोमबार माडर्नाले खोप बालबालिकामा कोरोनासँग लड्ने एन्टीबडी विकसित गर्न सक्षम पाइएको र नियामकलाई आफ्नो परीक्षणको तथ्यांक उपलब्ध गराउने जनाएको छ।