समाज

    Showing 51-60 of 11,160 items.
  • बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

    काठमाडौं / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन् ।प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्र कुमार लिम्बु नियुक्त भएका हुन् । नवनियुक्त पदाधिकारीहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुधार र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने बताए ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 134 पटक पढिएको
  • दुई वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिक बस्ने भएको हो । बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल हुने कार्यक्रम छ ।यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२ः१५ बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 124 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५९३ जनालाई कारबाही

    काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६४, रातोबत्तीमा ४९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७३, हर्न निषेधमा १३, लेन क्रसमा १९, अवस्था ठिक नभएको १८, एकतर्फीमा ८ र अन्यमा ३०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 122 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्‍याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नेछन् ।  उक्त प्राकृतिक विपद्मा ठुलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र धेरै बेपत्ता भएको घटनाप्रति सभाले शोक व्यक्त गर्नेछ। साथै, घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र शोकसन्तप्त परिवारजनप्रत

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 114 पटक पढिएको
  • टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार तपाइहरुसँगै छ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरुको सुरुङमार्गमा फसेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरुको पीडित परिवार र आयोजना सञ्चालक समितिका पदाधिकारीसँग मन्त्रालयमा संयुक्त छलफल गर्दै मन्त्री श्रेष्ठले उद्धारमा राज्यले सबै उपाय लगाएको र हरसम्भव प्रयास गरेको बताए । टनेलमा फसेकाहरुको समस्या पीडित परिवारकोमात्रै नभई राज्यकै जनशक्ति सम्पत्ति भएको भन्दै उनले राज्यले ठूलो जनशक्ति गुमाएको बताए र्। मलाई अहिले पनि किन किन केही हुन्छ कि, कोही कुरिरहेको छ कि भन्ने

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 142 पटक पढिएको
  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा, कायम गरिएको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 182 पटक पढिएको
  • भोटेकोशी बाढीमा फेला परेका ८५ शव काठमाडौँमा व्यवस्थापन

    काठमाडौं— भोटेकोशीमा आएको बाढीका क्रममा विभिन्न स्थानबाट संकलन गरिएका पहिचान नखुलेका ८५ शव काठमाडौंमा व्यवस्थापन गरिएको छ ।भदौ १० गते आएको बाढीपछि संकलन गरिएका ती शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएका थिए । लामो समयसम्म पहिचान हुन नसकेपछि पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०८३ को पहिलो संशोधनअनुसार डिएनए नमुना सुरक्षित राखेर शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।प्रहरीका अनुसार ती शव गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकास्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको वन क्षेत्रमा व्यवस्थापन गरिएको हो ।शवको डिएनए नमुना सुरक्षित राखिएकाले आगामी दिनमा

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 205 पटक पढिएको
  • खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    सोलुखुम्बु— आफैं बाढी र विपद्को पीडाबाट भर्खरै तंग्रिँदै गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २२ लाख २२ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।खुम्बु आफैं पनि पछिल्लो विपद्बाट प्रभावित बनेको अवस्थामा अर्को जिल्लाका बाढीपीडितको पीडामा साथ दिन गाउँपालिकाले सहयोगको निर्णय गरेको हो । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।गाउँपालिकाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गाउँपालिकाको तर्फबाट

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 245 पटक पढिएको
  • सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

    काठमाडौं / सभामुख डोल प्रसाद (डीपी) अर्यालले हालै आएको भीषण बाढी तथा विपद्बाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । त्यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयबमोजिम रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउनु सबैको साझा दायित्व भएकाले सभामुख अर्यालले आफ्नो पारिश्रमिक सहय

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 184 पटक पढिएको
  • बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

    काठमाडौं / बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवलाई नेपाल सरकारले अस्थायी रूपमा गाडेर व्यवस्थापन गरेको छ । परिवारले पछि विवरण मिलान गर्न सकून् भनेर शव गाड्नुअघि स्वास्थ्य टोलीले प्रत्येक मृतकको डीएनए नमुना संकलन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखिएको जानकारी दिएका हुन् । उनका अनुसार आवश्यक परेमा परिवारको पहिचान तथा धार्मिक संस्कारका लागि अस्थायी रूपमा गाडिएका शव उत्खनन गर्न अनुमति दिइनेछ । ‘मृतक

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • 164 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.