समाज

    Showing 381-390 of 11,160 items.
  • पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध, यातायातका साधन बीच बाटोमै रोकिए

    रामेछाप / रातभर परेको अविरल वर्षाका कारण आएको लेदो तथा पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन प्रभावित भएको हो। राजमार्गको कति स्थानमा पहिरो तथा लेदोले अवरोध पुर्याएको छ भन्ने यकिन भइसकेको छैन। पहिरो खसेका स्थानमा सडक खुलाउन पहिरो पन्छाउने काम सुरु गरिएको प्रहरीले जनाएको छ।यसैबीच, बीपी राजमार्गअन्तर्गत नार्के क्षेत्रमा माथिबाट लेदो र पहिरो आएर सडक ठूलो मात्रामा पुरिएको छ। वर्षा जारी रहेकाले थप पहिरोको जोखिमसमेत रहेको जनाइएको छ। सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न काभ्रे र सिन्धुली प्रहरीले यात्रुलाई आग्रह गरेका छन्।राजमार्ग अव

    • प्रकाशित मितिः साउन २५, २०८३
    • 137 पटक पढिएको
  • ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

    काठमाडौं / नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक.प्रालिले ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ ।सुपेरियर आफ्टर सेल्स सर्भिस, स्मार्ट भेइकल कनेक्टिभिटी र कम्प्लिट ओनरसिप प्रोटेक्सनका साथ सेवालाई अझै सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको हो । काठमाडौंको गुहेश्वरीस्थित बीवाईडी सर्भिस सेन्टर अर्थात साइमेक्स केयरमा आइतबार आयोजित कार्यक्रममा अभियानको औपचारिक शुभारम्भ गरिएको छ । अभियान अब देशभर रहेका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागु भएको कम्पनीले जना

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 70 पटक पढिएको
  • समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छ: उपराष्ट्रपति यादव

    काठमाडौं / उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशीता केवल नारामा सीमित नभई राज्यका नीति, योजना, स्रोत र साधनमा समान पहुँचका रूपमा व्यवहारमै देखिनुपर्ने बताएका छन् । उनले आदिवासी जनजातिसहित उपेक्षित, उत्पीडित तथा सीमान्तकृत समुदायको अधिकार र प्रतिनिधित्वलाई अझ प्रभावकारी रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । आइतबार काठमाडौंको टुँडिखेलमा ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले शिक्षा, रोजगारी तथा राज्य सञ्चालन र निर्णय प्रक्रियाका हरेक तहमा आदिवासी जनजातिसहित सबै समुदायको समानुपातिक प्रतिनिधित्वलाई थप सुदृढ गर्दै लैजानुपर्ने बताए।उनले भने, ‘समा

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 181 पटक पढिएको
  • संविधानमाथि उत्पन्न शंकाको कालो बादल हटिसकेको छैन: आङ्देम्बे

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधानको रक्षा गर्ने कार्यकारी निकायबाटै संविधानप्रति शंका उत्पन्न हुने गतिविधि भइरहेकाले त्यसतर्फ सचेत हुनुपर्ने बताएका छन् ।३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानलाई ‘सगरमाथाभन्दा उचो’ बनाउने संकल्प व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले संविधानको उपलब्धिमाथि पटक–पटक घोचपेच भइरहेकाले संविधानमाथि उत्पन्न भएको शंकाको कालो बादल पूर्ण रूपमा हटिसकेको अवस्थामा आफूहरू ढुक्क भएर बस्न नसक्ने बताए ।उनले भने, ‘संविधानको रक्षा गर्नुपर्ने कार्यकारी निकायबाटै संविधानप्रति पटक–पटक घोचपेच भइर

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 178 पटक पढिएको
  • सामाजिक सन्देश बोकेको ‘फलामे गेट’ नाटकले दर्शकको मन छोयो

    काठमाडौं / बूढानीलकण्ठ स्कुलमा मञ्चन गरिएको सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ ले विद्यार्थी, अभिभावक, शिक्षक तथा साहित्यप्रेमी दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। विद्यालयको नेपाली विभागको आयोजनामा साउन १९ गतेदेखि चार दिनसम्म नाटक प्रदर्शन गरिएको थियो। नाटकले बाल्यकालको निष्कलुष सम्बन्धबाट सुरु भएर वर्गीय विभाजन, आर्थिक असमानता, उपभोक्तावादी सोच, पारिवारिक सम्बन्ध र मानिसभित्रका मनोसामाजिक द्वन्द्वलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। बाल्यकालका साथी आयुष र महेशको जीवनयात्रामार्फत भौतिक सफलता र मानवीय मूल्यबीचको अन्तरलाई नाटकले उजागर गरेको छ।‘फलामे गेट’लाई केवल भौतिक स

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 188 पटक पढिएको
  • आदिवासी समुदायको सशक्तीकरण र सहभागितामा राष्ट्रपति पौडेलको जोड

    काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी जनजाति समुदायको सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरणका लागि राज्यका सबै तहमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताएका छन्।३२औँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको विविधतायुक्त सामाजिक संरचनालाई संविधानले संरक्षण गर्दै सबै समुदायको अधिकार सुनिश्चित गरेको उल्लेख गरे। राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, भाषा, संस्कृति र परम्परागत ज्ञान नेपालको अमूल्य सम्पत्ति भएको बताउँदै तिनको संरक्षणसँगै आर्थिक समृद्धिसँग जोड्न आवश्यक रहेको धारणा राखे। उनले जल, जमिन र प्राकृ

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 136 पटक पढिएको
  • पशुपति क्षेत्रको धर्मशाला व्यवस्थित बनाउन महानगरको पहल

    काठमाडौं / काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रस्थित वनकाली धर्मशालालाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन पर्खाल तथा परिसर निर्माणको काम अघि बढाएको छ। आइतबार आयोजित शिलान्यास कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धार्मिक सम्पदाको संरक्षणसँगै दर्शनार्थीको सुविधालाई प्राथमिकतामा राखेर निर्माण कार्य सुरु गरिएको बताइन्। उनले पशुपति क्षेत्र धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएकाले त्यहाँ रहेका धर्मशालाको संरक्षण र स्तरोन्नति आवश्यक रहेको उल्लेख गरिन्।उनका अनुसार देशका विभिन्न स्थानबाट आउने श्रद्धालुका लागि धर्मशालाले सहज बसोबासको व्यवस्था गर्ने भएका

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 147 पटक पढिएको
  • अव्यवस्थित प्लटिङप्रति विज्ञको चिन्ता, सुरक्षित बस्ती विकासमा जोड

    काठमाडौं / काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा अव्यवस्थित रूपमा भइरहेको प्लटिङले भविष्यमा बस्ती विकास र भौतिक संरचनाको सुरक्षामाथि गम्भीर चुनौती थप्ने देखिएको छ। आवश्यक प्राविधिक अध्ययन तथा भू–उपयोग योजनाबिनै जग्गा टुक्र्याएर बिक्री गर्ने प्रवृत्ति बढ्दै जाँदा जोखिम पनि बढ्न थालेको हो। पछिल्ला वर्षहरूमा उपत्यका वरपरका विभिन्न करिडोरमा कृषि तथा खुला जमिनलाई प्लटिङ गरी घडेरीका रूपमा बिक्री गर्ने क्रम तीव्र बनेको छ। यसका लागि प्राकृतिक रूपमा कमजोर जमिनमा माटो भर्ने, जमिन सम्याउने तथा भू–स्वरूप परिवर्तन गर्ने कार्य भइरहेको छ।विज्ञहरूका अनुसार यस्ता क्षेत्रमा पर्याप्त भू–प्राविधिक परीक्षणबिनै

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 126 पटक पढिएको
  • कृत्रिम अभाव रोक्न सरकार सक्रिय, ग्यास खरिदमा संयम अपनाउन आग्रह

    काठमाडौं / उद्योग मन्त्रालयले एलपी ग्यासको आपूर्ति पर्याप्त रहेकाले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।मन्त्रालयका अनुसार बजारमा देखिएको समस्या मुख्यतः कृत्रिम अभाव र कालोबजारीका कारण उत्पन्न भएको हो। मन्त्रालयले ग्यासको कालोबजारी तथा अनियमितता नियन्त्रणका लागि नेपाल आयल निगमसँग समन्वय गरी निरन्तर अनुगमन गरिरहेको जनाएको छ। यस क्रममा भक्तपुरबाट कालोबजारीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको जानकारी पनि दिएको छ।ग्यासको अभाव देखाएर कृत्रिम संकट सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनियमित गतिविधिमा संलग्न हुने व्यक्तिमाथि कानुनी कारबाही गरिने मन्त्रालयले चेतावनी

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 130 पटक पढिएको
  • वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

    काठमाडौँ / पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ निःशुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्रीको अठोटप्रति आभार व्यक्त गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएकोमा खुसी व्यक्त गरेका हुन्। नसर्ने रोग ३० प्रतिशतले घटाउन “राष्ट्रिय आयुर्वेद रणनीति १० वर्षे तथा २० औषधिमा खुम्चिएको ३७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र न्ःए सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त “५ वर्षे रणनीतिक योजना“ लागू गरिएको उनले स्मरण गर

    • प्रकाशित मितिः साउन २४, २०८३
    • 62 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.