समाज

    Showing 21-30 of 6,625 items.
  • आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदै

    काठमाडौं— प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 308 पटक पढिएको
  • महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

    जनकपुर— नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध धनुषामा प्रदर्शन गरिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले बिहीबार बेलुका जिल्लाको सदरमुकाम जनकपुरधाममा महेश बस्नेतविरुद्ध प्रदर्शन गरेको छ । उनीहरुले बस्नेतको तस्वीर पनि जलाएका छन् ।केही दिन अघि बालेन जनकपुरधाम आउँदा मैथिली भाषामा गरेको भाषणमा प्रयोग भएको छौरा शब्दको अनर्थ निकालेर बस्नेतले गरेको टिप्पणी अशोभनीय रहेको भन्दै रास्वपाका नेता, कार्यकर्ताले विरोध गरेको रास्वपाको मधेश प्रदेश र्याट विभाग प्रमुख अम्भु साहले जानकारी दिए ।उनले कुनै एक भाषाको शब्दको अर्थ अर्को भाषामा फरक हुनु स्वभाविक भएको भन्दै कु

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 311 पटक पढिएको
  • प्रधानमन्त्रीले लिइन् जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले संसद भवनमा जेनजी आन्दोलनका सहिदहरुको सालिक राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले विहीबार सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरुलाई समेत बोलाएर निर्माणाधीन संसद भवन परिसरमा सहिदका सालिक राख्ने विषयमा छलफल गरेकी हुन् ।छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, खानेपानीमन्त्री मदन परियार र सहरी विकास मन्त्री कुमार इङ्नामको सहभागिता थियो । प्रधानमन्त्रीका जनसम्पर्क सहल्लाहकार गोविन्दनारायण तिमिल्सिना, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर क

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 323 पटक पढिएको
  • रेशम चौधरीको उम्मेदवारी खारेज

    काठमाडौं— कैलाली क्षेत्र नं १ बाट मनोनयन पत्र दर्ता गरेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा उनको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगले जनाएको छ ।उम्मेदवारमाथि बुधबार दिउँसो ३ बजेदेखि जाँचबुझ सुरु भएको थियो । देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारी

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 315 पटक पढिएको
  • आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ९ गते शुक्रबार माघ शुक्ल पक्षको पञ्चमी तिथि । मेषः उपचारमा भए रोगबाट मुक्ति मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।वृषः लगानीबाट तत्काल फाइदा नभए पनि धैर्य हुँदा फाइदा हुनेछ । सानो कुराले मन अशान्त बन्नसक्छ । रोग बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः  शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट मनमा सन्तुष्टि प्राप्त हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।कर्कटः शिक्षामा गरेको प्रयास सफल बन्नेछ । पर

    • प्रकाशित मितिः माघ ९, २०८२
    • 332 पटक पढिएको
  • कांग्रेस मुख्यसचिव पौडेलले राजीनामा दिए

    काठमाडौं— नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।लामो समयदेखि पार्टी मुख्यसचिव भएर काम गर्दै आएका पौडेलले राजीनामा दिएका हुन् । उनले बिहीबार नै राजीनामा बुझाएको जनाएको छ । ‘निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई जिताउन अहोरात्र खटिनुपर्ने भएकाले राजीनामा दिएको उनको भनाइ छ । २७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनको समयमा उनी तत्कालीन संस्थापन पक्षमा उभिएका थिए । नयाँ कार्यसमिति आएपश्चात् उनले पदबाट राजीनामा दिएको बुझिएको छ । पौडेल हाल राष्ट्रियसभा सदस्य पनि रहेका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 359 पटक पढिएको
  • वित्त र विकास बैंक समुह चम्किँदा नेप्सेमा सामान्य सुधार

    काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । बुधबारको कारोबारमा सामान्य करेक्सन देखिएको नेप्से यस दिन ९.२३ अंकले बढेको हो ।सामान्य वृद्धि भएको नेप्से आज २ हजार ७१४.६१ विन्दुमा पुगेर रोकिएको छ । यस दिन फ्लोट इण्डेक्स ०.६६ अंकले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ अंकले घटेका छन् ।नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन बुधबार ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३२ स्टकको ९४ हजार १७४ पटकको कारोबारमार्फत ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँ बराबरको १ करोड ९० ला

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 343 पटक पढिएको
  • पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको हो: शेखर कोइराला

    मोरङ— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् ।प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए ।छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागि नभएको विषयमा प्रष्टाउदै भने, ‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो ।’विशे

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 347 पटक पढिएको
  • गाउँगाउँमा आयुर्वेद स्वास्थ्य सेवा दिँदै आरोग्य केन्द्रहरू, सेवा थप विस्तार गर्नुपर्ने स्थानीयको माग

    रामेछाप— रामेछाप जिल्लामा रहेका आरोग्य केन्द्रहरूले गाउँगाउँबाट पनि स्वास्थ्य सेवा दिएका छन् । आयुर्वेद उपचार पद्धति प्रति सर्वसाधारणको आकर्षण बढेसँगै गाउँमा रहेको आरोग्य केन्द्रहरूले दिने सेवा बढ्दै गएको छ ।जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका प्रमुख दीपक कार्कीका अनुसार रामेछापको मन्थलीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छ भने मन्थली नगरपालिकाको चिसापानीमा आयुर्वेद सेवा केन्द्र रहेको छ ।त्यस्तै खाँडादेवी गाउँपालिकाको गागल, रामेछाप नगरपालिकाको सुकाजोर, गोकुलगंगा गाउँपालिकाको रस्नालु र सुनापति गाउँपालिकाको बेथान डहुमा आरोग्य केन्द्र सञ्चालनमा छन् । आजै दोरम्बा गाउँपालिकाको टोकरपुर

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 328 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैटौं वार्षिक प्रतिवेदनमाथि छलफल

    काठमाडौं— सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि बिहीबार छलफल भएको छ ।छलफलमा सभापति माया प्रसाद शर्माले प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी दिँदै समितिले पछिल्लो समय भएका विभिन्न राजनीतिक घटनाक्रममाथि गहिरो अध्ययन गरेको बताए ।उनले जेनजी आन्दोलनको विषयलाई पनि समितिले प्राथमिकताका साथ उठाउँदै सम्बन्धित मन्त्रीहरूसँग छलफल गरी उनीहरूलाई जवाफदेही बनाउने काम गरिएको उल्लेख गरे । सभापति शर्माले समितिले अन्य विषयहरूलाई समेत सन्तुलित ढंगले सम्बोधन गर्दै छलफल अघि बढाइरहेको बताए ।उनले भने, ‘हामीले धेरै कुराहरुको अध्यन गरेका छौं । यो प्रतिवेदन करिब करिब अन्ति

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 320 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा