समाज

    Showing 21-30 of 11,160 items.
  • नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

    नुवाकोट / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनका विषयमा स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेकी छन्।बिहीबार नुवाकोट पुगेकी मन्त्री रावलले विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका प्रभावित नागरिकको अवस्था, होल्डिङ सेन्टरमा रहेका नागरिकको व्यवस्थापन, अस्थायी तथा स्थायी पुनस्र्थापना र भूमिहीनहरूको दीर्घकालीन व्यवस्थापनलगायत विषयमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् ।छलफलका क्रममा

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • 91 पटक पढिएको
  • रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन् । सभापति लामिछानेले आज (बिहीबार) बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेगरी बैठक बोलाएका हुन् ।

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 86 पटक पढिएको
  • देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

    काठमाडौं— अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः३५ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ ।काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ । बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ । रसुवाको उत्तरगया गाउँपालिक

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 83 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५२३ जनालाई कारबाही

    काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ५४, रातोबत्तीमा ३० जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ३९, हर्न निषेधमा ०६, लेन क्रसमा २५, अवस्था ठिक नभएको १, एकतर्फीमा ६ र अन्यमा २९९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 91 पटक पढिएको
  • आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं—  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ।हाल कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी सबै भूभागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । कोशी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 94 पटक पढिएको
  • आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २६ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र ब

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • 107 पटक पढिएको
  • राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा विधायन समितिमा छलफल

    काठमाडौं / कानुनमन्त्री सोविता गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने भन्ने विषयमा मात्रै हालको विधेयकले निर्णय गर्न सक्ने बताएकी छन् । बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएकी हुन् । आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिएको थियो । छलफलमा उनले भनिन्, ‘आजको हाम्रो छलफल यो हाम्रो नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउने सम्बन्ध

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 155 पटक पढिएको
  • भोटेकोशी बाढी: १,११४ शव फेला, ३,९०० अझै बेपत्ता

    काठमाडौं / भदौ १० गते भोटेकोशी नदी क्षेत्रमा आएको अभूतपूर्व बाढीपछि खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्रता दिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बुधबार आयोजित मन्त्रालयको पाँचौँ दैनिक पत्रकार सम्मेलनमा बाढीबाट हालसम्म १ हजार १ सय १४ जनाको शव फेला परेको, करिब ३ हजार ९ सय जना अझै बेपत्ता रहेको र ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकामध्ये ३ सयभन्दा बढी विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये पाँच जना सम्पर्कमा आएर सुरक्षित रहेको जनाइएको छ । यस्तै, ३४ देशका करिब ५ सय ९० विदेशी नागरिक अझै बेपत्ता रहेको प्रवक्ता क्षेत्री

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 161 पटक पढिएको
  • आशिका तामाङसँगको विवादबारे वडा अध्यक्ष अधिकारीको स्पष्टीकरण: ‘मेरो संलग्नता थिएन, उल्टै मिडियाबाजी गरियो’

    काठमाडौं / धादिङको गल्छी गाउँपालिका–४ का वडा अध्यक्ष राजु अधिकारीले सांसद आशिका तामाङले आफू र अन्य वडा अध्यक्षमाथि लगाएको आरोपको खण्डन गरेका छन्।वडा अध्यक्ष अधिकारीले बाढीपहिरोका क्रममा बैंकको भल्ट फेला परेको घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आफूले नै उक्त रकमबारे प्रहरीलाई सबैभन्दा पहिले जानकारी गराएको बताएका छन्। उनका अनुसार बाढीपहिरोका क्रममा एउटा बैंकको भल्ट फेला परेपछि केही युवाले भल्ट फुटाएर रकम निकाली आपसमा बाँडेका थिए। आफूले घटनाबारे थाहा पाएपछि सबै रकम संकलन गरी प्रहरीलाई बुझाएको उनले बताए।उनले भने, ‘बाढीपहिरोबाट एउटा बैंकको भल्ट फेला पारेर केटाहरूले सबै फुटाएर पैसाहरू

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 164 पटक पढिएको
  • चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ: मन्त्री श्रेष्ठ

    काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार साथमा रहेको बताएका छन् ।परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए । सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको उनको भनाइ थियो ।‘हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भने

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.