समाज

    Showing 1,211-1,220 of 11,160 items.
  • कैलालीमा बोलेरो र स्कुटर एकआपसमा ठोक्किँदा दम्पती घाइते

    कैलाली— कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा गएराति बोलेरो जिप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार श्रीमान–श्रीमती घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सेनाका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको से १ च १८६७ नम्बरको बोलेरोले विपरीत दिशाबाट आइरहेको सु.प.प्र. ०१–०११ प ३१५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।दुर्घटनामा स्कुटर चालक जनक रिमालको टाउको, मुख तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। पछाडि सवार उनकी श्रीमती धना रिमालको भने टाउको, हात र मुखमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।घाइते दुवैलाई तत्काल उपचारका लागि लम्क

    • प्रकाशित मितिः असार १५, २०८३
    • 462 पटक पढिएको
  • मिनी ट्रकमा ७७५ किलो गाँजा, चालक पक्राउ

    धनकुटा— प्रहरीले धनकुटामा मिनी ट्रकमा ओसारपसार भइरहेको ७७५ किलो गाँजा बरामद गरेको छ। प्रहरीले सोमबार बिहान साँगुरीगढी गाउँपालिका-६ कोलबोटेबाट गाँजासहित एक जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका-१ सान्ने घर भई सुनसरी इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवर छन्। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को१ख ४६३५ नम्बरको मिनी ट्रकका चालक कुँवरलाई गाँजासहित पक्राउ गरको हो।उनले चलाएको मिनी ट्रकमा २५ वटा पोकामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्

    • प्रकाशित मितिः असार १५, २०८३
    • 536 पटक पढिएको
  • विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोपबारे सामाजिक सञ्जालमा दाबी, आधिकारिक पुष्टि आवश्यक

    काठमाडौं— सामाजिक सञ्जालमा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ गरिएको, उनको लगानी रहेको भनिएको कृषि फार्ममा छापा मारिएको तथा ३५ बिघा जग्गासम्बन्धी विवरण फेला परेको दाबी गरिएको सामग्री व्यापक रूपमा साझा भइरहेको छ।तर यी दाबीहरूलाई पुष्टि गर्ने सम्बन्धित सरकारी निकाय, अनुसन्धान निकाय वा अदालतको आधिकारिक जानकारी प्रस्तुत गरिएको छैन। त्यसैले यस्ता दाबीलाई आधिकारिक पुष्टि नभएसम्म तथ्यका रूपमा लिन मिल्दैन।यस्ता संवेदनशील विषयमा आधिकारिक निकायको वक्तव्य, अदालतका अभिलेख वा विश्वसनीय समाचार स्रोतबाट पुष्टि भएपछि मात्र निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ।

    • प्रकाशित मितिः असार १५, २०८३
    • 564 पटक पढिएको
  • उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

    एजेन्सी— उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त भएको हो । फ्रान्सेली टेलिभिजन बिएफएमटिभीका अनुसार मृतकमध्ये एक जना पाइलट र १० जना स्काइ डाइभर रहेका छन् ।दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले घटनाको वास्तविक समयमै निगरानी तथा समन्वय गर्न विभागीय सञ्चालन केन्द्र सक्रिय पारिएको जानकारी दिएका छन । यसमा सबै सम्बन्धित उद्धार तथा आपतकालीन सेवाहरू परिचालन गरिएको जनाइएको छ ।राष

    • प्रकाशित मितिः असार १५, २०८३
    • 494 पटक पढिएको
  • मुख्यमन्त्री कार्की भन्छन कृषि उत्पादन बढाएर आत्मनिर्भर बन्नुपर्छ

    विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो समय खेतीयोग्य जमिन बाँझो हुँदै जानु कृषि क्षेत्रका लागि गम्भीर चुनौती बनेको उल्लेख गरेका हुन् ।उनले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्दै राष्ट्रिय धान दिवस नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको बताए ।मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुन थाले

    • प्रकाशित मितिः असार १५, २०८३
    • 467 पटक पढिएको
  • कैलाश मानसरोवर यात्रामा भारतको चेतावनी, भिसा–परमिट बिना यात्रा नगर्न आग्रह

    काठमाडौं— भारतको विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रा गर्ने क्रममा आवश्यक प्रक्रिया पूरा नगर्दा समस्या देखिएको भन्दै आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।मन्त्रालयका अनुसार हालै निजी टुर अपरेटरमार्फत यात्रा थालेका केही भारतीय नागरिक आवश्यक चिनियाँ भिसा र प्रवेश अनुमति (परमिट) बिना चीन प्रवेश गर्ने प्रयास गर्दा नेपालमै रोकिएका छन्। यस घटनापछि यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि सबै आवश्यक कागजात पूरा भएको सुनिश्चित गर्न मन्त्रालयले अनुरोध गरेको हो।विदेश मन्त्रालयले कैलाश मानसरोवर यात्रा गर्नुअघि सम्बन्धित निकायबाट आवश्यक अनुमति प्राप्त गर्न तथा भिसा, परमिटलगायत सबै औपचारिक प्रक्र

    • प्रकाशित मितिः असार १५, २०८३
    • 454 पटक पढिएको
  • भन्सार छली ल्याइएका २४ लाख रुपैयाँका मोबाइल सेट बरामद

    लुम्बिनी— नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका रु २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ ।रुपन्देहीको ओमसतिया गाउँपालिका–४ सानो बालापुरबाट रु २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आईफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

    • प्रकाशित मितिः असार १५, २०८३
    • 457 पटक पढिएको
  • स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतिकरणको तालिका सार्वजनिक

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको छ ।आइतबार मन्त्रालयले सूचना जारी गर्दै छनोट भएका उम्मेदवारहरूले तोकिएको कागजातहरूको सक्कल प्रति साथमा लिई असार १६ र १७ गते हुने अन्तर्वार्तामा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको हो ।स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कनपछि वर्णानुक्रमअनुसार उम्मेदवारहरूलाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि छनोट गरिए

    • प्रकाशित मितिः असार १५, २०८३
    • 531 पटक पढिएको
  • दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौं—  फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । सोफी स्टेडियममा भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो । यस खेलमा कप्तान युस्ताकियोको गोलसँगै क्यानडालाई ऐतिहासिक जित दिलाए । उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ ।

    • प्रकाशित मितिः असार १५, २०८३
    • 1,122 पटक पढिएको
  • आज राष्ट्रिय धान दिवस मनाइँदै

    काठमाडौं—  आज राष्ट्रिय धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, संस्कृति र किसानको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । धान खेतीको महत्वलाई उजागर गर्न यो दिवस मनाउने गरिन्छ ।धान नेपालीको मुख्य खाद्यान्न बाली हो । नेपालको इतिहास, सभ्यता, संस्कृति र जनजीवनसँग धानसँग सम्बन्ध जोडिएको हुन्छ । अधिकांश नेपालीको दैनिक भोजनको आधार चामल भएकाले धानलाई केवल कृषि उत्पादन मात्र नभई जीवनयापनको आधारका रूपमा पनि लिने गरिन्छ ।असार १५ धान रोपाइँको मुख्य समय भएकाले किसानका लागि विशेष महत्व बोकेको दिन

    • प्रकाशित मितिः असार १५, २०८३
    • 524 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.