समाचार

    Showing 9,451-9,460 of 25,697 items.
  • बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामल गायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्।सोमबार सामाजिक सञ्जालमार्फत उनले कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दै राहत र उद्धारमा अहोरात्र खटिनुहुने सबैप्रति उच्च कदर गरेकी छन्।उनले लेखेकी छिन,‘अत्याधिक वर्षाका कारण ईलाम लगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिले मलाई दुखी तुल्याएको छ। यस कठिन घडीमा, दिवंगत आत्माहरूको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। यस घडीमा, राहत र उद्धार कार्यमा अहोरात्र खटिनुहुने स

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 517 पटक पढिएको
  • विपत्ति निम्तिँदा कोशीका मुख्यमन्त्री काठमाडौंमा, प्रदेश सरकार सक्रिय रहेको दाबी

    विराटनगर— लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ । विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर र खोटाङमा पनि मृत्युका घटना भएका छन् ।प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन् ।यसबीच, सबैभन्दा बढी क्षति व्यहोरेको प्रदेशकै मुख्यमन्त्री हिक्मतक

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 639 पटक पढिएको
  • माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 480 पटक पढिएको
  • बाढीपहिरोमा परी पाँचथरमा दुई जनाको मृत्यु

    पाँचथर— बाढीपहिरोका कारण पाँचथरमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीया कान्छीमाया शेर्माको पहिरोमा परेर मृत्यु भएको हो भने शेर्माको घरमा पहिरो झर्दा पुरिएर मृत्यु भएको हो ।फाल्गुनन्द गाउँपालिका–३ त्रिवेणी दोभानमा निबु खोलाले बगाउँदा सोही स्थानका थलीबहादुर नेम्बाङका छोरा १७ वर्षीय मिसेक नेम्बाङको मृत्यु भएको छ ।त्यस्त मिक्लाजुङ गाउँपालिका–३ सोलुम्बाकी ३७ वर्षीया मनमाया कार्की घरमाथिबाट झरेको पहिरोले लागेर घाइते भएकी हुन् । फाल्गुनन्द गाउँपालिका–१ आलुवारीकी ७२ वर्षीया सुकमाया आङदेम्बे पहिरोले भत्काएको घरको भित्तोले लागेर घाइते भएका छन्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 619 पटक पढिएको
  • रोशी खोलाले बिपी राजमार्ग बगाएपछि आवागमन ठप्प, बनाउन कम्तीमा एक हप्ता लाग्ने

    रामेछाप— लगातारको वर्षाको कारण रोशी खोलामा आएको भीषण बाढीले बिपी राजमार्गमा क्षति पु¥याएको छ । बाढीको कारण बिपी राजमार्ग ठप्प भएको छ । खोलामा ठुलो बाढी आएपछि गत वर्ष बाढीले बगाएको ठाउँ उकासेर रोशी खोला किनारमा बनाएको सडक अधिकांश ठाउँमा बगाएको नेपालथोबाट राज मैनालीले जानकारी दिए ।    गत वर्ष पनि रोशी खोला र सुनकोशी नदीमा बाढी आउँदा बिपी राजमार्गमा ठुलो क्षति भएको थियो । अघिल्लो वर्षको असोज महिनामा आएको बाढीले रोशी खोलामा बगाएको बाटो अस्थायी रूपमा सञ्चालन गरिएको थियो । अहिले सोही सडक बगाएको छ । सडक बगाएपछि पूर्वबाट काठमाडौं छिर्ने यातायात साधन अब दोलखाको चरिकोट घुमेर काठमाडौं

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 563 पटक पढिएको
  • नेपाली सेनाको हेलिकप्टरमार्फत मृगौला रोगीलाई उपचारका लागि काठमाडौं ल्याइयो

    काठमाडौं— अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण विभिन्न सडकहरु अवरुद्ध रहेका छन् । 

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 672 पटक पढिएको
  • खुकुरी प्रहारबाट गम्भिर घाइते बाजुराका साउँदको उपचारमा आर्थिक सहयोगको अपिल

    बाजुरा— खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बाजुराका मनोज साउँदको उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ । बाजुराको त्रिबेणी नगरपालिका ३ भएका शाउँदको उपचारको लागी आर्थिक सहयोगको अपिल गरिएको हो ।  गम्भिर घाईते साउँद र उनको घर परिवारको अवस्था निकै कमजोर भएकोले उपचारमा सहयोग गर्न सम्पुर्णमा आग्रह गरिएको हो । असोज १५ गते राती त्रिवेणी नगरपालिका २ स्थित छतारास्थित चाल्नेगडा दशैँ मेलामा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका थिए।सोही झडपमा खुकुरी प्रहारबाट गम्भिर घाइते १८ वर्षीय साउँदको घाँटी, निधार र दाँहिने हातमा गम्भिर चोट लागेको थियो । घाइते साउँदको अहिले ट

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 464 पटक पढिएको
  • विश्वकपको छनोटको तयारीः आज नेपाल कतारसँग भिड्दै

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । यसअघि शनिबार भएको ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो। शनिबारको पहिलो वार्मअप म्याचमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा पूरा गरेको हो।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 695 पटक पढिएको
  • आश्विन शुक्ल पूर्णिमा : दसैँको अन्तिम दिन

    काठमाण्डौ  ।  बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 390 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ।दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।राति कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 513 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.