समाचार

    Showing 9,431-9,440 of 25,697 items.
  • बाजुराको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा राखियो देवीको मुर्ति

    बाजुरा । बाजुराको बडीमालिका नगरपालिका ७ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीको मुर्ति राखिएको छ ।टाइगर हिलका नामले चिनिने बाजुराको धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा बडीमालिका नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र स्थानीयको सक्रियतामा आइतबार मुर्ति स्थापना गरिएको हो । कालाजग्राको थप पर्यटन,प्रबद्र्धन गर्न तथा दर्शन गर्ने दर्शनार्थीलाई पुजाआजा गर्न सजिलो होस् भन्ने उदेश्यका साथ देवीको मुर्ति स्थापना गरिएको बडीमालिका नगरपालिका ७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । उनका अनुसार वडाको करिब ३ लाख ५० हजार रुपैयाँको लागतमा धनगढीबाट मुर्ति खरिद गरिएको हो ।ढम्कने पदमार्ग हुँद

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 308 पटक पढिएको
  • दार्जिलिङमा अविरल वर्षापछिको पहिरोमा परी २३ नेपालीभाषीको मृत्यु

    एजेन्सी । निरन्तरको बर्षापछि आएको बाढी र पहिरोमा परी भारत पश्चिम बंगालको दार्जिलिङमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ । मृत्यु हुनेमा अधिकांश नेपालीभाषी छन् । निरन्तर वर्षाका कारण पहाडी शहर र आसपासका क्षेत्रहरूमा एक दशककै सबैभन्दा ठूलो पहिरो गएको छ । पहिरोले घरहरू बगाएको छ, सडकहरूमा क्षति पुगेको छ । दार्जिलिङ, मिरिक, खरसाङ, कालेम्बुङलगायतका क्षेत्रहरु बर्षाले बढी प्रभावित भएका हुन् ।भारतले नेपालको सिमावर्ती मानेभन्ज्याङमा मृत्यु भएका नेपाली नागरिकहरुको संख्यालाई पनि गणना गरेको छ । जस अनुसार १८ जना भारतीय र ५ जना नेपालीको निधन भएको जनाइएको

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 208 पटक पढिएको
  • बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग

    रामेछाप । अविरल वर्षाका कारण काठमाडौं जाने बिपी राजमार्गमा क्षति पुगेर सम्पूर्ण यातायात अवरुद्ध भएपछि रामेछापमा नियमित हवाइसेवा सञ्चालन गर्न माग गरिएको छ ।जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको आइतबार बसेको बैठकले बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएकाले तत्काल वैकल्पिक व्यवस्था स्वरूप काठमाडौं–मन्थली हवाई उडान दैनिक सञ्चालन गर्न गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न एयरलाइन्स कम्पनीहरूलाई अनुरोध गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले हवाई सेवा सञ्चालन भएमा रामेछापवासी तथा यात्रुहरूलाई काठमाडौं आउजाउमा सह

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 368 पटक पढिएको
  • मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटियो

    काठमाडौं । मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटिएको एक नयाँ अध्ययनले सुझाएको छ । नासाको नेतृत्वमा गरिएको अनुसन्धानमा इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूले महत्त्वपूर्ण सन्दर्भ उपलब्ध गराएका हुन् ।अध्ययनले मंगलको जेझेरो क्रेटरमा रहेको ‘ब्राइट एन्जल’ संरचनामा खनिज र कार्बनिक पदार्थको उपस्थिति देखाएको छ । जसले ग्रहमा कहिल्यै बासयोग्य अवस्था र सूक्ष्मजीव प्रक्रियाहरू रहेको संकेत गर्दछ ।अनुसन्धान टोलीका सदस्य प्रा.सञ्जीव गुप्ताले यो खोजलाई ‘जीवनका सम्भावित बायोसिग्नेचर’ भने पनि यसलाई प्रत्यक्ष जीवनको खोज ठान्न नमिल्ने बताएका छन् । ‘यसलाई सुनिश्चित गर्न, ढुंगाका नमूनालाई पृथ्वीमा ल्याएर थप

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 496 पटक पढिएको
  • अविरल वर्षाले जनधनको ठुलो क्षति, तीन दिनमा ४६ जनाको मृत्यु

    काठमाडौं । देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुरयाएको छ । असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।प्रभावित क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा देखिएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन् । रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ । पाँचथर, खोटाङ, काभ्रे, मो

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 345 पटक पढिएको
  • देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?

    काठमाडौं । देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ ।सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पहिरो र नदी कटानका कारण यातायात अवरुद्ध भएको छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा भने एकतर्फी आवागमन खुला गरिएको जानरी दिएको छ ।अरनिको राजमार्गमा एकतर्फी

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 335 पटक पढिएको
  • विपद्मा नेपाली सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता

    काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ । सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिला (१ बालिका सहित) चार जना व्यक्तिहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा झापास्थित अस्पताल पुर्याएको छ । अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । यस्तै थुप्रै उद्धारको कार्यमा नेपाली सेनाको सक्रिय

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 264 पटक पढिएको
  • डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

    काठमाडौं । विश्वव्यापी रुपमा कृत्रिम बुद्धिमत्ता (एआई) र कम्प्युटिङ प्रविधि तीव्र गतिमा अघि बढिरहेका बेला भारत दीर्घकालीन डिजिटल पूर्वाधार साझेदारीका लागि विश्वासिलो विकल्पको रूपमा उदाउँदै गएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।सेंट्रमद्वारा प्रकाशित प्रतिवेदनअनुसार, विश्वका ७० प्रतिशत कम्प्युटर–इन्टेन्सिभ मोडेलहरू अमेरिकामा विकास भइरहेका छन् भने चीनले प्रविधिगत अलगावलाई प्राथमिकता दिइरहेको छ । यसैबीच, पश्चिमी मुलुकहरू नियामक स्थायित्वमा केन्द्रित भइरहेका बेला भारतले वैकल्पिक अवसर देखाइरहेको छ ।प्रतिवेदनमा उल्लेख भए अनुसार, भारतको डेटा सेन्टर क्षमता सन् २०२४ मा १.४ गीगावाट पुगेको छ । जसको बजार आ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 299 पटक पढिएको
  • ५ सय ३७ किलो गाँजासहित एक जना पक्राउ

    विराटनगर— सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 511 पटक पढिएको
  • सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा

    काठमाडौं— समयानुकुल सेवासुविधा पाउनुपर्ने माग गर्दै विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। पोखरा र चितवनका प्रमुख मेडिकल कलेजका नर्सहरूले सरकारले तोकेको पाँचौँ तहको तलब संरचना अनुसार तलब वृद्धि गर्न माग गर्दै एकसाथ आन्दोलन सुरु गरेका छन्।पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल र मणिपाल मेडिकल कलेजका नर्सहरूले केही दिनअघि अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै तलब वृद्धि, कार्यभारअनुसार पारिश्रमिक संशोधन, अतिरिक्त समयको भुक्तानी र चाडपर्व भत्ताको सुनिश्चितता माग गरेका छन्। उनीहरूले तीन दिनभित्र माग सम्बोधन नभए शान्तिपूर्ण विरोधमा जाने चेतावनी दिएका थिए।उक्त माग पूरा नभएपछि प्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 589 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.