समाचार

    Showing 791-800 of 26,780 items.
  • मोदीबेनी–फलेवास सडकखण्डको काम तत्काल अघि बढ्छ : सांसद भुसाल

    काठमाडौं । बहुप्रतीक्षित कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीबेनी–फलेवास सडकखण्ड निर्माणले नयाँ गति लिने भएको छ । लामो समयदेखि अलपत्र बनेको सडक निर्माणलाई अघि बढाउने विषयमा सिंहदरबारमा सरकारी अधिकारी र निर्माण कम्पनीबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको हो । लोकमार्गअन्तर्गतको सडकखण्ड अब मोदीबेनीबाटै निर्माण सुरु हुने भएको हो । संघीय सांसद सागर भुषालका अनुसार सिंहदरबारमा भएको छलफलमा नव कान्तिपुर निर्माण सेवाका सञ्चालक तथा प्रतिनिधि र कालीगण्डकी लोकमार्ग आयोजनाका सरकारी अधिकारी सहभागी भएका थिए। छलफलपछि मोदीबेनीतर्फबाटै निर्माण कार्य तत्काल सुरु गर्ने सहमति भएको उनले जानकारी दिएका छ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 93 पटक पढिएको
  • कुश्मा बसपार्कमा अनिवार्य प्रवेशको नियमविरुद्ध यातायात व्यवसायी आन्दोलनमा

    पर्वत। पर्वतको कुश्मा नगरपालिका–६ स्थित बसपार्कमा सबै प्रकारका सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा प्रवेश गर्नुपर्ने तथा यात्रु चढाउने–ओराल्ने कार्य बसपार्कबाटै गर्नुपर्ने व्यवस्थाको विरोधमा यातायात व्यवसायी र चालक आन्दोलनमा उत्रिएका छन्।कुश्मा नगरपालिकाले बसपार्क व्यवस्थापनलाई प्रभावकारी बनाउन लागू गरेको नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले शुक्रबार विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले उक्त निर्णयले सञ्चालन खर्च बढ्ने, समय व्यवस्थापनमा समस्या आउने तथा यात्रु सेवामा समेत असर पर्ने दाबी गरेका छन्।आन्दोलनरत व्यवसायीहरूले बसपार्क प्रवेश अनिवार्य गर्ने निर्णय तत्काल पुनर्विचार गर्न मा

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 87 पटक पढिएको
  • ओभरलोड रोक्न तौल परीक्षण अनिवार्य गर्ने प्रस्ताव

    काठमाडौं / सार्वजनिक सडकमा मालवाहक सवारी साधनले क्षमताभन्दा बढी भार बोक्ने क्रम नियन्त्रण गर्न तौल परीक्षण अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा मालवाहक सवारीको वजन परीक्षणलाई अनिवार्य गर्ने व्यवस्था समेटिएको हो। विधेयकमा तोकिएको सीमाभन्दा बढी भार बोकेको मालवाहक सवारीलाई तौल पुलमा परीक्षण गर्नुपर्ने र बढी भएको भार तत्काल अनलोड गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसबाट ओभरलोड नियन्त्रण गर्नुका साथै सडक संरचनामा पर्ने अतिरिक्त भार कम गर्ने उद्देश्य राखिएको छ।नेपाल ट्रक यातायात व्यवसायी महासंघले सडक सुरक्षा, दुर्घट

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 212 पटक पढिएको
  • तीन महिनामा मन्त्रिपरिषद्का २१ बैठक, ३८४ निर्णय

    काठमाडौं / प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले वैशाखदेखि असारसम्म तीन महिनाको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक सम्पन्न गरी ३८४ वटा निर्णय गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हकसम्बन्धी ऐन तथा नियमावलीअनुसार चौमासिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। चौमासिक प्रतिवेदन भनिए पनि सार्वजनिक विवरणमा वैशाख, जेठ र असार गरी तीन महिनामा भएका काम समेटिएका छन्। प्रतिवेदनअनुसार उक्त अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिका आठ वटा बैठक सम्पन्न भएका छन्। ती बैठकबाट १२ वटा निर्णय भएको उल्लेख छ।सरकारले यस अवधिमा नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ तर्जुमा ग

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 227 पटक पढिएको
  • कक्षा १२ को मौका परीक्षामा ८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डले बिहीबार राति परीक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।बोर्डले परीक्षामा सहभागीमध्ये तीन परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ। प्राविधिक कारणले नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा आवश्यक सुधार गरिने बोर्डले जनाएको छ। कक्षा १२ को मौका परीक्षा यही साउन २ र ३ गते सञ्चालन

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 204 पटक पढिएको
  • कारागारको गाडी दुर्घटना हुँदा एक किशोरको मृत्यु, चालक प्रहरी हिरासतमा

    रुकुम / रुकुम पश्चिममा थुनुवा बोकेर फर्किएको जिल्ला कारागार कार्यालयको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।बिहीबार बेलुकी करिब पौने ८ बजे मुसिकोट नगरपालिका–८ ताबलेस्थित मध्यपहाडी लोकमार्गमा कारागार कार्यालयको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यानले क.प्र. ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार आठबिसकोट नगरपालिका–८ का १८ वर्षीय निवास बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए। मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाही गम्भीर घाइते भएका छ

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 156 पटक पढिएको
  • हिमालका वीर पुरबहादुरलाई अन्तिम बिदाइ

    काठमाडौं। नेपालको पर्वतारोहण इतिहासमा आफ्नो साहस, समर्पण र अदम्य इच्छाशक्तिले छुट्टै पहिचान बनाएका वरिष्ठ पर्वतारोही पुरबहादुर गुरुङलाई बिहीबार राष्ट्रिय सम्मानका साथ अन्तिम बिदाइ गरिएको छ। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा ज्यान गुमाएका गुरुङको काठमाडौंको स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।ब्रोड पिकको आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा गुरुङसहित निर्मल पुर्जा लगायत १० पर्वतारोहीको मृत्यु भएको थियो, जसमा ६ जना नेपाली थिए। लामो प्रयासपछि गुरुङको शव नेपाल ल्याइएपछि परिवार, आफन्त, पर्वतारोही र शुभेच्छुकको उपस्थितिमा अन्तिम संस्कार सम्पन्न गरिएको हो।अन

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 172 पटक पढिएको
  • करदाता प्रोत्साहन कार्यक्रमबाट औपचारिक अर्थतन्त्र विस्तारको लक्ष्य

    काठमाडौं / सरकारले करदाता प्रोत्साहन कार्यक्रममार्फत बढीभन्दा बढी व्यक्ति तथा व्यवसायलाई औपचारिक अर्थतन्त्रमा आबद्ध गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर तिर्ने संस्कृतिको विकास र डिजिटल प्रणालीको प्रयोग बढाउँदै करको दायरा विस्तार गर्ने सरकारको योजना रहेको बताएका छन्। शुक्रबार आयोजित करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले भ्याट बिल दिने–लिने संस्कृतिले कर प्रणालीलाई पारदर्शी बनाउन तथा राजस्व चुहावट नियन्त्रण गर्न सहयोग पुग्ने बताए।उनका अनुसार डिजिटल माध्यमबाट कर प्रणालीलाई थप सहज र प्रभावकारी बनाउँदै करको दायराबाहिर रहेक

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 255 पटक पढिएको
  • मुख्य राजमार्गमा पहिरो र बाढीको प्रभाव, केही सडक पूर्ण तथा केहीमा एकतर्फी सञ्चालन

    काठमाडौं / अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका १३ प्रमुख सडक तथा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।नेपाल प्रहरीले शुक्रबार राजमार्गको अवस्थाबारे सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान करिब १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 487 पटक पढिएको
  • २५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

    काठमाडौं/ आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो बम्पर उपहार विजेता घोषणा गरेको छ।विभागका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाको शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जितेका छन्। उक्त उपहार साउन १ देखि १५ गतेसम्मको खरिदका आधारमा गरिएको पहिलो ड्रमार्फत घोषणा गरिएको हो।करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा खरिद गरी योग्य रूपमा सहभागी भएका उपभोक्तामध्येबाट विजेता छनोट गरिएको विभागले जनाएको छ। विभागले करदातालाई बिल लिन र कर प्रणालीमा सहभागी हुन प्रोत्साहित गर्ने उद्

    • प्रकाशित मितिः साउन २२, २०८३
    • 211 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.