समाचार

    Showing 6,181-6,190 of 19,509 items.
  • अनिवार्य र निःशुःल्क शिक्षा सुनिश्चित गर्न अखिल क्रान्तिकारीको माग

    काठमाडौं— अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (क्रान्तिकारी)ले आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्थालाई विद्यालय शिक्षा विधेयकमा समेट्न प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ध्यानाकर्षण गराएको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष विजयप्रकाश शर्मा सापकोटासहितको प्रतिधिमण्डलले आज समितिका सभापति अम्मरबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै विधेयकमा शिक्षकको आत्मसम्मानको कदर तथा सेवसुविधा समायानुकूल बनाउन आग्रह गरेको हो । सङ्गठनले शत्प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको सुनिश्चितता गर्न पनि माग गरेको छ ।&

    • प्रकाशित मितिः असार २३, २०८२
    • 487 पटक पढिएको
  • नेपालमा जन्मिएर मात्र हामी नेपाली हुँदैनौं : पूर्वराजा ज्ञानेन्द्र

    काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वराजाले अहिले वर्षाको समय भएकाले सचेत हुनुपर्ने बताएका हुन् ।उनले भने, ‘अहिलेको समय वर्षको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ । पानीजन्य बिरामीहरु पनि हुन्छ । त्यसैले सबै  दिदीबहिनी दाजुभाईहरुलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ ।’साथै शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए । उनले. नेपाल नै  हामीभित्र भए मात्र

    • प्रकाशित मितिः असार २३, २०८२
    • 237 पटक पढिएको
  • भुसको थुप्रोमा लुकाइएको १५ लाख बराबरको काजु सर्लाहीमा बरामद

    सर्लाही— सर्लाहीमा भुस बोकेको ट्रकभित्र लुकाइराखिएको अवस्थामा करिब १५ लाख रुपैयाँभन्दा बढी मूल्यको काजु प्रहरीले बरामद गरेको छ। तस्करीको उक्त सामान ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले शनिबार राति नियन्त्रणमा लिएको हो।ग.२ ख १४१८ नम्बरको ट्रक कर्मैया–हरिपुर मार्ग हुँदै भारत सीमा नजिक दक्षिणतर्फ जाँदै गर्दा शंका लागेर ट्रक जाँच गरिएको थियो। जाँचका क्रममा भुसको थुप्रोमुनि लुकाइएका ३० बोरा काजु फेला परेको प्रहरी नायब निरीक्षक (सई) सुवास यादवले जानकारी दिए। तस्करी नियन्त्रण अभियानको नेतृत्व समेत सई यादवले गरेका थिए।प्रहरीका अनुसार भारतबाट तस्करी गरी ल्याइएको हुन सक्ने प्रारम्भिक अनुमान गर

    • प्रकाशित मितिः असार २३, २०८२
    • 564 पटक पढिएको
  • उपप्रमुख डंगोलको आग्रह: ‘संविधानको दायराभित्र रहेर बजेट प्रक्रिया अघि बढाऔं’

    काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरको बजेट निर्माण प्रक्रियामा सबै जनप्रतिनिधिहरूलाई संविधान र कानुनको परिधिभित्र रहेर संयमित र जिम्मेवार ढंगले सहभागी हुन आग्रह गरेकी छन्।सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले आपसी सहकार्यको आवश्यकता औँल्याउँदै लेखेकी छन्, “डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाँच्ने बाटो नछानी, सबै हातेमालो गरेर अघि बढ्नुपर्छ।”डंगोलले हालसम्म कार्यपालिका, नगरसभा तथा बजेट तर्जुमा समिति लगायतका महत्त्वपूर्ण बैठकहरू नबसेकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिन्। उनले असार मसान्तभित्रै बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्

    • प्रकाशित मितिः असार २३, २०८२
    • 250 पटक पढिएको
  • कुलिङ पिरियड छानबिन समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने रास्वपाको अडान

    काठमाडौं— निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर गठन गर्न लागिएको छानबिन समितिको नेतृत्व नेपाली कांग्रेसलाई दिन नहुने पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडान राखेको छ ।सभामुख देवराज घिमिरेले सोमबार राखेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कांग्रेसले छानबिन समितिको नेतृत्व गर्न नहुने बताएका हुन्। ‘सामान्य लोकतान्त्रिक अभ्यासका लागि पनि कांग्रेसले समितिको नेतृत्व गर्ने प्रयास नगरोस्,’ उनले भने, ‘सार्वभौम संसद्को कानुन निर्माण गर्ने क्रममा भएको षड्यन्त्र र बद्नियतपूर्ण कार्यका लागि सभापतिले राजीन

    • प्रकाशित मितिः असार २३, २०८२
    • 420 पटक पढिएको
  • फरार अवस्थामा रहेका जसपा नेता अशोक यादवको अभिव्यक्ति: ‘मधेस नेपालबाट अलग हुनु पर्छ’

    काठमाडौं — जबरजस्ती करणीसहित विभिन्न आपराधिक अभियोगमा प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले आफ्नो आरोपलाई राजनीतिक र साम्प्रदायिक मोड दिने प्रयास गरेका छन्।अज्ञात स्थानबाट हिन्दी भाषामा जारी गरिएको भिडियो वक्तव्यमा यादवले नेपालमा मधेसी समुदायमाथि शोषण भइरहेको भन्दै भारतको बिहार राज्य सरकारसँग सहयोगको अपिल गरेका छन्।भिडियोमा उनले भनेका छन्, "नेपालमा मधेसीहरूलाई नागरिकतादेखि लिएर विभिन्न अपराधमा फसाइन्छ। मैले पनि मधेस आन्दोलनमा भाग लिएको थिएँ, त्यसकै कारण मलाई प्रहरीले टर्चर गर्‍यो।"यादवले प्रहरीमाथि राति कार्यालय खोलेर कमिसन उठाउने आरोपसमेत लगाएका छन्। आफूले यो व

    • प्रकाशित मितिः असार २३, २०८२
    • 270 पटक पढिएको
  • प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशममन्त्रीको भेट

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवात सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो । मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए । प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुुई ठुला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्र

    • प्रकाशित मितिः असार २३, २०८२
    • 317 पटक पढिएको
  • बेनिड्रोमको राहदानी शिविर हालसम्मकै उत्कृष्ट, २५२ जनाले पाए सेवा

    स्पेन— आलिकान्तेको बेनिड्रोममा दुई दिन चलेको राहदानी घुम्ती शिविरबाट नेपालीले सहजै सेवा पाउँदा खुशी भएका छन् । पहिलो दिन १ सय ७५, दोस्रो दिन ७७ जनाले सेवा लिएका थिए ।नेपाली राजदूतावास, म्याड्रिड स्पेनले राहदानी विभागसँगको समन्वयमा गरेको शिविरलाई नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का, एनआरएनए कोष्टाव्लाङ्काले सहजीकरण गरेका थिए ।काल्पे, आल्तेया, कास्पे, आल्भिर, खाबिया, डेनिया, आलिकान्ते, मुर्सिया, टोरटोसा लगायत क्षेत्रमा बस्ने नेपालीहरु आएर सेवा लिएका थिए । राहदानी (पासपोर्ट) बनाउन म्याड्रिड जानेआउने खर्च र समय बचत हुदा सेवाग्राही उत्साहित थिए । दूतावासबाट द्वितीय सचिव पुरक अधिकारी, सहचारी विपिन चन

    • प्रकाशित मितिः असार २३, २०८२
    • 474 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मदिन: निर्मल निवासमा समर्थकको उत्साहपूर्ण उपस्थिति

    काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ वर्षमा प्रवेश गरेका छन्। उनको जन्म २००४ साल असार २३ गते नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो सन्तानको रूपमा भएको थियो।पूर्वराजाको जन्मदिनको अवसरमा निर्मल निवासमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। राजावादी समर्थकहरू बिहानैदेखि शुभकामना दिन निर्मल निवास पुग्न थालेका छन्। राजावादी पार्टी राप्रापाले समेत जन्मदिनलाई आन्दोलनको स्वरूपमा मनाउने घोषणा गरेको छ।ज्ञानेन्द्र शाह आफ्नो जीवनकालमा दुईपटक नेपालका राजा बने। पहिलो पटक वि.सं. २००७ सालमा साढे तीन वर्षको उमेरमा, जब उनका हजुरबुवा त्रिभुवन भारत निर्वासित हुँदा प्रधानमन्त्री मोहन शमशेरले उनला

    • प्रकाशित मितिः असार २३, २०८२
    • 264 पटक पढिएको
  • 'कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी, सेटिङ शुल्क परिमार्जन

    काठमाण्डौं— त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र ट्राभल एजेन्सी मानव तस्कारीमा एक महिना पछि पुनः सक्रिय हुन थालेका छन् ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले भिजिट भिसामा विदेश पठाउँदा ‘कोड वर्ड’ प्रयोग गरेर पुन पठाउनको लागी तयार गरेको तथ्य प्राप्त भएको छ । विमानस्थलका केही कर्मचारी र ट्राभल एजेन्सीका सञ्चालकहरू दैनिक भेटघाट गरेर गृह मन्त्रालयको ग्रीन सिङनल भन्दै पुन ‘कोड वर्ड’ प्रयोग गरेर तस्करी गर्ने गरेका हुन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाको सेटिङका विषयमा गत ७ जेठमा तत्कालिन त्रिभुवन विमान स्थलका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर वि

    • प्रकाशित मितिः असार २३, २०८२
    • 537 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा