गोरखा। साउन १८ गते सोमबार बिहान करिब ११ः०० बजेको थियो । बिहानैदेखि अविरल वर्षा भइरहेको थियो । सदाझैँ मानसिंह गुरुङ र उनकी श्रीमती चित्रकुमारी बिहानको खाना खाइवरी आराम गर्दै थिए । दुईवर्षका नाति पनि थिए साथमा । बुहारी जागिरमा गएकी थिइन्, नातिनी विद्यालय । मानसिंहका छोरा आकाश भने मनकामनामा जागिरे छन् । उतै बस्थे । गोरखा नगरपालिका–९ लक्ष्मीबजारको दिवामार्गस्थित मानसिंहको घरमा एक्कासी चट्चट् केही चुँडिएको जस्तो आवाज आयो । उनीहरु झसङ्ग भए । केही सेकेन्डपछि फेरि पनि चट्चट् गर्दै झनै चर्को आवाज दोहोरियो । फटाफट बाहिर निस्कदा आँगन चिरिन र छापिएका ढुङ्गाहरु भत्कन थाले । दायाँबायाँका इट्टाका गाह्र
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भेट गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा प्रदेश र सङ्घ सरकारबीचको सहकार्यका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो । सो अवसरमा सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई कसरी हल गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जङ्गली जनावरको आतङ्कको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण भएको छ । बैठकको शून्य समयमा सांसदहरूले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद बुद्धरत्न महर्जनले जनतालाई स्वास्थ्य, बाटो, बीउ, र रासायनिक मलमा तत्काल सुविधा दिन सरकारसँग माग गर्नुभयो । सांसद बासना थापाले सामान्य जनतालाई महँगीले छाक टार्न गाह्रो भएको बताउनुभयो । सांसद बलावती शर्माले वैदेशिक रोजगारीमा जानुभएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउनेस
काठमाडौं । सामाजिक सञ्जाललाई पसल बनाएर व्यापार गरिरहेका व्यवसायीमाथि सरकारले निगरानी कडा बनाउने भएको छ। फेसबुक, टिकटक, इन्स्टाग्रामदेखि विभिन्न एप र वेबसाइटमार्फत वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई अनिवार्य रूपमा सरकारी निकायमा सूचीकृत हुन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ।विभागले जरुरी सूचना जारी गर्दै कानुनअनुसार सूचीकृत नभई अनलाइन व्यापार सञ्चालन गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ। यससँगै सामाजिक सञ्जालमा पेज खोलेर सामान बेच्ने साना अनलाइन विक्रेतादेखि ठूला डिजिटल व्यवसायसम्म सरकारी नियमनको दायरामा आउने भएका छन्।सरकारको नयाँ निर्देशनले ‘फेसबुक पे
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ हिरासतबाट हाजिर जमानीमा रिहा भएको दिनमै उनीविरुद्ध प्रतिनिधि सभाकी उपसभामुख रूबीकुमारी ठाकुरले प्रहरीमा जाहेरी दिएकी छन्। यससँगै उपसभामुख र पत्रकार श्रेष्ठबीचको विवाद थप कानुनी प्रक्रियातर्फ अघि बढेको छ।उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुर पुगेर श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले जाहेरी परेको पुष्टि गर्दै त्यसको अध्ययन भइरहेको बताएका छन्। यद्यपि जाहेरीमा कुन कसुर उल्लेख गरिएको छ भन्ने प्रहरीले सार्वजनिक गरेको छैन।यो घटनाको पृष्ठभूमिमा जनआस्था साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर ठाकुरले
काठमाडौं । खाना पकाउने ग्यासको अभावले सर्वसाधारणसँगै विद्यार्थीको दैनिकीसमेत प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ। काठमाडौंको घण्टाघर अगाडि त्रिचन्द्र बहुमुखी क्याम्पस नेविसंघले रित्तो ग्यास सिलिन्डर बोकेर प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने र समयमा ग्यास नपाउँदा खाना पकाउनसमेत समस्या भइरहेको अवस्थामा विद्यार्थीहरूले सरकारको आपूर्ति व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले ग्यासको समस्या केवल घरायसी समस्या नभई विद्यार्थीको दैनिक जीवन र पठनपाठनसँग समेत जोडिएको बताएका छन्।प्रदर्शनमा विद्यार्थीहरूले ‘निभ्यो चुलो, भोकै पेट, म
मकवानपुर । मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाले एक न्यायिक परिवारलाई शोकमा डुबाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडूको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।मंगलबार बिहान करिब ८ बजे भीमफेदी गाउँपालिका–६ जुरीखेतमा वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी सडकबाट करिब ५० मिटर तल खसेको थियो।गाडीमा वीरगन्जस्थित उच्च अदालत जनकपुरको अस्थायी इजलासका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए। दुर्घटनामा लक्ष्मी बडूका श्रीमान् तथा वीरगन्ज इजलासका रजिस्ट्रार तारादत्त बडूसहित अन्य यात्रु पनि घाइते भएका छन्।लक्ष्मीको टाउकोमा गम्भीर चोट लागेको थियो। घट
काठमाडौं / सर्वोच्च अदालतको आदेश पछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् । जेलबाट रिहा भएपछि मंगलबार सामाजिक संजालमा उनले सत्य नमरेको र कलमा हारेको छैन् भन्दै आफुलाई सहयोग गर्ने सबैलाई बधाई तथा शुभकामना दिएका छन् । ‘सत्य मरेको छैन, कलम हारेको छैन,’ पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सबैलाई बधाई, सबैलाई शुभकामना ’उनले ढिलो भए पनि भ्रमको पर्दा च्यातिने विश्वास व्यक्त गर्दै सत्यको अन्ततः जित हुने संकेत गरेका छन् । उनले भने, ‘पन्छीको ठाउँ
काठमाडौं /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यसम्बन्धी इरानसँगको सम्भावित सम्झौतामा ओमानले अमेरिकी हितविपरीत हस्तक्षेप गरे कडा सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन्।फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले इरानसँगको वार्ताबारे चर्चा गर्दै अमेरिकाले आफ्नो रणनीतिमा कुनै अवरोध स्वीकार नगर्ने बताए। उनले इरानले तनाव कम गर्न सकारात्मक संकेत दिनुपर्ने उल्लेख गर्दै आवश्यक परे कठोर कदम चाल्न अमेरिका पछि नपर्ने चेतावनी दिए। अमेरिका र इरानबीच युद्धको जोखिम कम गर्न गरिएको ६० दिने समझदारीको अवधि सकिन लागेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। यद्यपि उनले इरानमाथि थप दबाब स
सुर्खेत / कर्णाली प्रदेशसभाको बैठक आज (मंगलबार) दिउँसो ३ बजे बैठक बस्ने भएको छ ।कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम ९२० र ९३० बमोजिम सभामुखले बैठक भदौ २ गते मंगलबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।प्रदेशसभा सचिवालयका सचिव डा.अर्जुनकुमार खड्काद्वारा जारी सूचनामार्फत बैठकको मिति र समय परिवर्तन भएको जानकारी प्रदेशसभा सदस्यहरूलाई गराइएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.