समाचार

    Showing 561-570 of 26,780 items.
  • प्रसाईंको घरमा प्रहरी छापा : ६ मोबाइल, ल्यापटप र सीसीटीभी डीभीआर नियन्त्रणमा

    काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंमाथि प्रहरी निगरानी बढिरहेका बेला भक्तपुरस्थित उनको घरमा प्रहरीले खानतलासी गरेको छ ।बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र भक्तपुर प्रहरी परिसरबाट खटिएको टोलीले प्रसाईंको घरमा खानतलासी गर्दै महत्वपूर्ण विद्युतीय सामग्री नियन्त्रणमा लिएको हो ।प्रहरीले प्रसाईंले प्रयोग गर्दै आएकोसहित ६ वटा मोबाइल, एउटा ल्यापटप र सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । बरामद सामग्री अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरतकु

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • 151 पटक पढिएको
  • टिकाथली बस्दै आएका अर्का सुकुम्बासीले गरे आत्महत्या

    काठमाडौं— एक सुकुम्बासीले फेरी आत्महत्या गरेका छन्। गैरीगाउँस्थित सुकुम्बासी बस्तीबाट विस्थापित भएका ५० वर्षीय चम्बरबहादुर नेपाली टिकाथलीस्थित डेरामा मृत अवस्थामा फेला परेका हुन्।नेपाली परिवारसहित टिकाथलीमा डेरा लिएर बस्दै आएका थिए। सरकारले गैरीगाउँको बस्ती हटाएपछि उनी डेरामा बस्न बाध्य भएका थिए। प्रहरीका अनुसार उनले अस्ति राति डेरामै आत्महत्या गरेका हुन्। उनको हिजो नै अन्त्येष्टि गरिएको छ।यसअघि साउन २८ गते भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ६० वर्षीय हिरालाल पासवान पनि मृत अवस्थामा फेला परेका थिए। उनको परिवारले सरकारसमक्ष १२ बुँदे माग राख्दै आएको छ।लगातार भएका यी घटनापछि विस्थापित सुकुम्बास

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 453 पटक पढिएको
  • उद्धव थापालाई कारबाही गर्ने निर्णयमा कमल थापाले गरे त नोट अफ डिसेन्ट, यस्तो कारण

     काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बाग्मती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णय गरेपछि पार्टीभित्रै असहमति देखिएको छ।उद्धव थापामाथि कारबाही गर्ने निर्णयमा नेता कमल थापाले ‘नोट अफ डिसेन्ट’ लेख्दै असहमति जनाएका छन्। पर्याप्त छलफल नगरी जबरजस्ती निर्णय गरिएको भन्दै उनले फरक मत राखेका हुन्।कमल थापाले आफू लगायत केही नेताहरू उक्त निर्णयसँग असहमत रहेको बताएका छन्।‘पार्टीको विधानलाई लत्त्याउँदै निरंकुश ढंगबाट संसदीय दलको नेतालाई कारबाही गरिएको छ, यो हामीलाई मान्य छैन,’ उनले भने।उद्धव थापालाई कारबाही गर्ने निर्णयमा पार्टीभित्रै फरक मत देखिएसँगै राप्रपाको आन

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 454 पटक पढिएको
  • विदेश उड्न लागेका सहकारी कालोसूचीका व्यक्ति विमानस्थलमै पक्राउ

    काठमाडौं । समस्याग्रस्त सहकारीसँग जोडिएर कालोसूचीमा परेका एक व्यक्ति विदेश प्रस्थान गर्न खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन्। नेपाल एयरलाइन्सको उडानमार्फत विदेश जान लागेका राकेशकुमार रावललाई विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार विमानस्थलमा गरिएको नियमित जाँचबुझका क्रममा रावल समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको खुलेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो।विदेश जाने तयारीमा रहेका उनीमाथि कालोसूचीमा पर्नुपर्ने अवस्था र त्यससँग सम्बन्धित विषयबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। पक्राउपछि प्रहरीले घटनासँग सम्बन्धित विवरण संकलन

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 188 पटक पढिएको
  • दुई दिन जंगलमै हराएका साढे २ वर्षका बालक सकुशल भेटिए, झाडीभित्रबाट उद्धार

    नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोटमा दुई दिनदेखि जंगलमा हराइरहेका साढे २ वर्षका बालक सिवान तामाङ सकुशल फेला परेका छन्। गैँडाकोट–१४ भागरस्थित शंखदेवी सामुदायिक वनमा हराएका बालकलाई सुरक्षाकर्मी र स्थानीयको निरन्तर खोजीपछि बिहीबार बिहान उद्धार गरिएको हो।आमाबुवा रोजगारीका लागि भारतमा रहेकाले सिवान एक वर्षदेखि हजुरआमा हेमकुमारी आलेसँग बस्दै आएका थिए। मंगलबार बिहान हजुरआमा च्याउ टिप्न जंगल गएको बेला बालक पनि पछिपछि जंगलतर्फ पुगेका थिए। पछि बाटो बिराउँदा उनी घनघोर जंगलमै हराएका थिए।बालक हराएको खबर पाएलगत्तै स्थानीयसँगै सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खोजीमा परिचालन भएको थियो। लगातार दुई

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 207 पटक पढिएको
  • उपत्यकामा ट्राफिकको कडाइ :२४ घण्टामा १ हजार १७८ चालक कारबाही

    काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने चालकविरुद्ध प्रहरीले कारबाही तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ हजार १७८ जना चालक कारबाहीमा परेका छन्।ट्राफिक प्रहरीका अनुसार सबैभन्दा धेरै तीव्र गतिमा सवारी चलाउने १४१ जना कारबाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन उल्लंघन गर्ने ७५ र मादक पदार्थ सेवन गरी सवारी चलाउने ६६ जना चालक कारबाहीमा परेका छन्।रातोबत्ती उल्लंघन गर्ने ६६, सीसीटीभी निगरानीबाट पहिचान भएका ६९, हर्न निषेध उल्लंघन गर्ने ४२, अवस्था ठीक नभएका सवारी चलाउने ३५ र एकतर्फी सडकको नियम उल्लंघन गर्ने २१ जना पनि कारबाहीमा परेका छन्।अन्य विभिन्न ट्राफिक नियम उल्लंघनमा ६६३ जना

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 108 पटक पढिएको
  • दाङमा ट्याक्टर–अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते

    दाङ । घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा अटो चालकको उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–७ बेसाहीमा बुधबार बेलुकी भएको दुर्घटनामा ४५ वर्षीय विनोद पौडेलको ज्यान गएको हो।रा १ त ३७०९ नम्बरको ट्याक्टर र लु।प्र ०२–००१ ह १९२९ नम्बरको अटो ठोक्किँदा गम्भीर घाइते भएका पौडेलको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार बिहान २ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले ट्याक्टर र चालक २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।प्रहरीले दुर्घटनाको कारणबार

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 130 पटक पढिएको
  • काठमाडौं उपत्यकासहित १९ जिल्लामा बाढीको जोखिम, शनिबारसम्म सतर्क रहन आग्रह

    काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशका १९ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाले ठूला नदीमा तत्काल ठूलो जोखिम नरहे पनि साना नदीको बहाव अचानक बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार बिहीबार रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक हुँदै बग्ने साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। उपत्यकाका नदी तथा खोलामा जलसतह अचानक बढ्न सक्ने भएकाले नदी किनार, खोला आसपास र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी आवश्यक देखिएको छ।त्यसैगरी गोरखा, लमजुङ,

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 118 पटक पढिएको
  • बालिका हत्या प्रकरणमा आक्रोश, न्यायको माग गर्दै स्थानीयको सडक आन्दोलन

    बारा / बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणले स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ। घटनामा संलग्नमाथि कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयवासीले बिहीबार बिहान सडक आन्दोलन गरेका छन्। आन्दोलनका क्रममा प्रदर्शनकारीले त्रिभुवन राजमार्ग अवरुद्ध गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। सडक अवरुद्ध भएपछि सवारी आवागमन प्रभावित भएको छ भने यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ। स्थानीयले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा सजाय दिनुपर्ने माग राखेका छन्। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था पनि क

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 156 पटक पढिएको
  • आजको मौसम : विभिन्न तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थो

    • प्रकाशित मितिः भदौ ४, २०८३
    • 117 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.