समाचार

    Showing 5,181-5,190 of 19,462 items.
  • रसुवा बाढीको प्रभाव : व्यापारीलाई चीनबाट सामान आयात गर्नै सकस

    काठमाडौं –  गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ ।यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरुलाई सामान आयात गर्नै सकस हुन थालेको छ । नेपाल हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवागढीबाट चीनसँग हुने व्यापार विच्छेद भएपछि नाकामा अड्किएका सामान बोकेका कन्टेनरहरु अहिलेसम्म पनि अस्तव्यस्त अवस्थामा छन् ।कतिपय सामान तातोपानी नाकातर्फ पठाइएको भएपनि अहिलेसम्म नेपाल आउन नसकेको उनले बताए । ‘लत्ता कपडा, फलफूल लगायत करोडौं रुपैयाँको

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 492 पटक पढिएको
  • गुन्डागर्दीमा संलग्न थप चार जना पक्राउ, एक युवतीमाथि अश्लील हर्कतको आरोप

    काठमाडौं –  प्रहरीले गुन्डागर्दीमा संलग्न थप चारजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा हेटौंडाका दीपक कार्की, नुवाकोटका निरज गुरुङ, टोखाका रोशन डंगोल र रोहन डंगोल छन् ।उनीहरूमाथि माछापोखरीस्थित राजधानी रोधीघरमा स्टेजमा नाचगान गरीरहेकी एक युवतीलाई अश्लील हर्कत गरी धारिलो हतियार समेत देखाएर त्रास सिर्जना गरेको आरोप छ । प्रहरीका अनुसार पक्राउ परेका निरज एक हप्ताअघि पक्राउ परेका गुन्डानाइके युवराज गुरुङ उर्फ सानुभाइका सहोदर दाइ हुन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहित विभिन्न पाँचवटा मुद्दा ल

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 461 पटक पढिएको
  • चार दलको गठबन्धनलाई चुनौती दिँदै रास्वपाको दोब्बर मतअन्तरले शानदार जित हात पारे सापकोटाले

    रौतहट— चन्द्रपुुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा निर्वाचित भएका छन्।पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका चर्चित नेताहरुको निर्वाचन क्षेत्र रहेको रौतहटमा कांग्रेस-एमालेलगायत चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट सापकोटा अध्यक्षमा निर्वाचित भएका छन्।रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीकि प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी रुपमा हस्तक्षर अभियान चलाइरहेका बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले सफलता पाएको हो।अध्यक्षमा निर्वाचित सापकोटाले ५ सय

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 575 पटक पढिएको
  • चीनमा खुल्यो विश्वको पहिलो रोबोट स्टोर

    एजेन्सी । चीनमा पहिलो पटक रोबोट स्टोर खुलेको छ । दक्षिण चीनको शेन्जेनमा विश्वको पहिलो रोबोट स्टोर खुलेको हो ।शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनीले हालै शेन्जेनमा रोबोट सुपर स्टोर खोलेको हो ।स्टोरभित्र रोबोटिक मसाज उपकरणहरूदेखि रोबोटिक क्यापुचिनो कफी निर्माताहरूसम्मका सबै प्रकारका रोबोटहरू उपलब्ध छन्।स्टोर अटो डिलरशिपहरू जस्तै  देखिन्छ । जसमा बिक्रीमा राखिएका स्पेयर पाट्र्स, सेवा र सर्वेक्षण समावेश छन् । साथै अतिरिक्त सेवाहरूपनि राखिएको छ ।स्टोर उद्घाटनको दिन २६ रोबोट कम्पनीहरूले स्टोरसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् । जसमा ५० ह्युमनोइड र सेवा रोबोट फर्महरू सहित दर्जनौं अन्यले चा

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 434 पटक पढिएको
  • रुपन्देही–३ को उपनिर्वाचन १७ कात्तिकमा हुँदै, रास्वपाबाट ९ जनाको आवेदन

    रुपन्देही— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । बिहीबार रास्वपाले फेसबुक पेजमार्फत रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जनाले आवेदन दिएको बताएको हो । रास्वपाबाट उम्मेदवार बन्न  सुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुन अग्रवाल र मधु अर्यालले आवेदन दिएका छन् ।आवेदनकहरूको नाममाथि २३ र २४ साउनमा दाबी विरोध गर्ने समय रास्वपाले दिएको छ । १२ भदौसम्म प्रारम्भिक निर्वाचन हुने रास्वपाले जनाएको छ ।  रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 490 पटक पढिएको
  • धूप बाल्दा आगलागी: युवक घाइते, गाईको ज्यान गयो, गोठमा क्षति

    विराटनगर – मोरङको पथरीशनिश्चरेमा बुधबार राति आगलागी हुँदा जलेर एकजना युवक घाइते भएका छन्। प्रहरीका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ गुराँस टोलका सुरेन्द्र साहको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट राति १०:३० बजेतिर आगो सल्किएको थियो । गोठमा सल्किएको आगोले विद्युत लाइन पनि सर्ट भएको थियो । स्थानीयको सहयोगमा करिब १ घण्टाभित्रमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  आगो निभाउने क्रममा सुरेन्द्रका छोरा १९ वर्षीय अभिनाश साह घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घाइते अभिनाशको रंगेली अस्पतालमा उपचार भइरहेको छ । शरीरका विभिन्न भाग जलेका उनको अवस्था मध्यम रहेको प्रह

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 502 पटक पढिएको
  • पोर्चुगल र हँगेरी पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ

    काठमाडौं –  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र हँगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बस्ने बारा निजगढ नगरपालिका–१२ घर भएका ४१ वर्षीय रामबहादुर थिङ र भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने रामेछाप, रामेछाप नगरपालिका–३ घर भएका ३७ वर्षीय चन्द्रबहादुर सुवेदी रहेका छन् पक्राउ मध्ये रामबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २९ लाख रूपैयाँ र चन्द्रबहादुरले हँगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।काठमाडौं उपत्यका अ

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 420 पटक पढिएको
  • पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसुचना पाउनेछन् : गृहमन्त्री

    काठमाडौं –  गृहमन्त्री रमेश लेखकले अबको पाँच वर्षभित्र हरेक नागरिकले जोखिमको पूर्वसुचना प्राप्त गर्ने बताएका छन् । बिहीबार सबैका लागि पूर्वसुचना राष्ट्रिय कार्याशालामा बोल्दै उनले अबको पाँच वर्षभित्रमा मुलुकका सबै नागरिकले जोखिम पूर्वसूचना प्राप्त गर्ने बताएका हुन् । उनले भने,‘नेपालमा पनि एक तिहाइ जनसंख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको  पूर्व सूचना बाहिर छ । २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्व सुचना प्राप्त गर्ने स्थितिको सुनिश्चिता गरिन्छ ।’उनले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसंख्या अझै पनि पूर्वसुचनाको पहुँचमा नरहेको तथ्याङ्कमा रहेको बताउँदै

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 473 पटक पढिएको
  • सरकारको तयारीप्रति श्रेष्ठको विरोध– बहुविवाह कानुनी बनाउन नखोज

    काठमाडौँ - पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास पूर्णतः अस्वीकार्य हुने स्पष्ट गरेका छन्।श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, ‘कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन।’उनले सरकारको सम्बन्धित मन्त्रालयबाट यस्तो प्रकारको विधेयक मस्यौदाको तयारी भइरहेको भन्ने जानकारीले नेपाली समाजमा गम्भीर तरंग र असन्तोष उत्पन्न भएको उल्लेख गरे।श्रेष्ठले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै सरकारलाई यस्ता

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 311 पटक पढिएको
  • १२ करोड ठगीको आरोप, सुन पसल सञ्चालक बुवा–छोरा भागे अमेरिका

    काठमाडौं –   मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलो बजारमा ‘अधिकारी सुन पसल’ सञ्चालकनगरी बसेका मोहन अधिकारी र उनका छोरा मनोज अधिकारीले ४१ बढी परिवारको करिब १२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । पीडितहरूमा वैदेशिक रोजगारीमा पसिना बगाउने युवादेखि दैनिक ज्यालादारी गरेर गुजारा चलाउने विपन्न नागरिकसम्म छन् ।उच्च ब्याजको लोभमा जीवनभरको कमाइ सुन पसलमा जम्मा गरेका पीडितहरूले अहिले न न्यायको ढोका ढक्ढकाउन सकेका छन्, न त आफ्नो रकम फिर्ता पाउनेमा विश्वस्त छन् ।पीडितको रकम फिर्ता गराउन गठित अनौपचारिक ‘ऋण असुली समिति’ नै यतिबेला विवाद र शंकाको घेरामा तानिएको छ ।स्थानीय एमाले नेता तथा काने

    • प्रकाशित मितिः साउन २२, २०८२
    • 630 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा