काठमाडौं / ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु भएको छ । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ । दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन् । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन् ।मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र
झापा / निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।जबराले नियमित जिम्मेवारीमा फर्कने तयारी गरेपछि सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको हो । सरकारले निर्देशन दिएलगत्तै जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामा खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । जबराविरुद्ध महाभियोग लगाउनुप
काठमाडौं / काठमाडौं महानगरपालिका वडा नम्बर -९ गैरीगाउँमा आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।शव फेला परेपछि घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको प्रहरीको टोली साथै केनाइन स्कुलबाट तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । चोट लाग्दा टाउकोबाट रगत बगेको अवस्थामा शव फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा / अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत
झापा / अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २-२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।रिजालका अनुसार यस्तै अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो । अहिले जिल्लाका विकट स्थानीय गाउँमा पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक प्रजिअ रिजालले बताए।अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको छ । हिड्ने बाटो स
झापा / अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।कमलबजार नगरपालिका -६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।ढकारी गाउँपालिका -६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए । उनका अनुसार तीनजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूको उद्धारका लागि हेलिकोप्टर मगाइएको छ । यसअघि तुर्माखाद गा
बिर्तामोड / झापाको कनकाई नगरपालिका- ४ स्थित माई खोलाको पुलमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका -५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु रहेको प्रहरीले जनाएको छ । भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत माई खोलाको पुलमा पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ००-१ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेल र पछाडि सवार उनकी श्रीमती
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ स्थित रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नव निर्मित कार्यालय भवन उद्घाटन भएको छ । आज एक कार्यक्रमको आयोजना बिच १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले नव निर्मित भवनको उद्घाटन गरेका हुन् । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी असुरक्षित भयो भने मात्र सयौँ नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित हुनु पर्ने विषयमा जोड दिए । कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक सुदी
बिर्तामोड / दुई बालिकाहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका -१२ माथिल्लो धाइजनका ७३ वर्षीय कपिल मनी पौडेल रहेका छन् । पौडेलले ति १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई बिभिन्न मितिमा पटक - पटक बलात्कार गरेको र १७ वर्षीया बालिका गर्भवती समेत भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका पौडेलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण पुष्टि भएको छ । बिहीबार थापालाई उच्च ज्वरो आए पछि ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो । उहाँलाई ‘ज्वरो आएको छ अहिले घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने । उनका अनुसार शुक्रबार भने थापालाई ज्वरो केही कम भएको छ ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.