धनुषा – प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन धनुषाका भारतसँग जोडिएका सबै सीमा नाका तीन दिनका लागि बन्द हुने भएका छन्।
जिल्ला प्रशासन कार्यालय धनुषाले जानकारी दिएको अनुसार सीमा नाका १८ फागुन राति १२ बजेदेखि २१ फागुन राति १२ बजेसम्म बन्द रहने छन्। मतदान अवधिभर अत्यावश्यक सेवा बाहेक आवतजावत रोक्ने, सुरक्षा प्रभावकारी बनाउने र निगरानी कडा गर्ने लक्ष्य राखिएको छ।
प्रशासनले सर्वसाधारण, व्यवसायी र सरोकारवालालाई अग्रिम तयारी गर्न आग्रह गर्दै निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्न सबैको सहयोग आवश्यक रहेको बताएको छ।


































