समाचार

    Showing 4,771-4,780 of 19,421 items.
  • ९८ किलो गाँजासहित बगैँचाबाट ठुलो परिमाणमा लागुऔषध फेला

    सप्तरी— सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका—११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ।साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो।बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 568 पटक पढिएको
  • कारागारबाट भागेका कैदी तीन दिनपछि पक्राउ परे

    सुनसरी— सुनसरीको झुम्का कारागारबाट भागेका कैदी तीन दिनपछि शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन्।कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले जानकारी दिए।जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ । जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद सजाय पाएका खत्रीले एक वर्ष कैद भुक्तान गरेका छन् ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 504 पटक पढिएको
  • तातोपानी नाकामा बोकेर ल्याइयो उड्ने कार

    काठमाडौं— उड्ने कार तातोपानी नाकामा आइपुगेको छ । भृकुटीमण्डपमा आगामी मंगलबारदेखि शुरू हुने नाडा अटो शोका लागि उक्त कार तातोपानी नाकामा बोकेर ल्याइएको हो । बाढीपहिरोले बाटो बन्द भएका कारण कारलाई भरिया लगाइ बोकेर नाकामा ल्याइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । उड्ने कार यतिबेला नेपाली भन्सार कार्यालयले आइपुगेको हो । भदौ ३ देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा०ले आयोजना गर्ने शोमा उड्ने कार राखिने छ ।भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक स्वरूप उड्ने कार प्रदर्शनीमा राखिने भएको हो । प्रदर्शनीमा पुगेर जो कोहीले कार अवलोकन ग

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 651 पटक पढिएको
  • रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

    काठमाण्डौ । सहकारी ठगीको आरोपमा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ।पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका लामिछानेले कारागार सरुवाका लागि निवेदन दिएका थिए। उनले निवेदन दिएपनि यसअघि सरुवाको निर्णय भने भएको थिएन। कारागार विभागले आज निर्णय गरेर रुपन्देही कारागारलाई पत्राचार गरेको छ। गृहमन्त्रालयको निर्देशन पछि विभागले उक्त निर्णय गरेको हो।योसँगै अब रुपन्देही कारागार र प्रशासन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेलाई नख्खु कारागारमा पठाउनेछ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 270 पटक पढिएको
  • आज श्रीकृष्ण जन्माष्टमी,भगवान् श्रीकृष्णको पूजा गरेर मनाइँदै

    काठमाण्डौ । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायला

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 357 पटक पढिएको
  • नेपाल आयल निगमले पेट्रोलको मूल्य बढायो डिजेल मट्टितेलको मूल्य घटायो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल मट्टितेलको मूल्य घटाएको छ ।निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । यस्तै डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटेको छ ।

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 353 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  । मौसम पूर्वानुमान महाशाखाका अनुसार  अहिले देशको पहाडी भूभागमा साधरणतया रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सबै प्रदेशको केहि स्थानमा हल्का वर्षा तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको केहि स्थानमा मध्यम वर्षा भइरहेको छ।दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका केहि स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।राति कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 344 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनार लगायत कतिपय मुद्राको मूल्य भने घटेको छ। युरोसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ।अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै उच्च हो।युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा छ। हिजो युरो एकको खरिददर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पै

    • प्रकाशित मितिः साउन ३१, २०८२
    • 258 पटक पढिएको
  • लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलायो, चार जना पक्राउ

    नेपालगञ्ज— बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित बसपार्कमा लागुऔषध कारोबारमा संलग्न चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीका अनुसार सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पिछा गरिरहेको बेला चार जना भेटिएका थिए।'हामीले दुई जनालाई नियन्त्रणमा लिएका थियौँ, बाँकी दुई जनाले ढुङ्गामुढा गर्दै भाग्न खोजेपछि परिस्थिति नियन्त्रणबाहिर जान सक्ने भएकाले बाध्य भएर गोली चलाउनुपर्‍यो,' घर्तीले बताए।गोली लागेका व्यक्ति भारतको बहराइज, रूपैडिय

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 914 पटक पढिएको
  • नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगंज आउने

    वीरगंज । नेपाल र भारतका प्रभावशाली राजनीतिज्ञ तथा बुद्धिजीविहरूको वीरगंजमा जमघट हुने भएका छन् ।विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगंजमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू वीरगंज आउँदैछन् ।प्रदीप गिरि इन्स्टिच्युट (पीजीआई) द्वारा ‘उत्साह र सङ्घर्षको आलोकमाः प्रदीप गिरिको सम्झना’ शीर्षकमा आयोजना हुने कार्यक्रम भदौ ७ गते वीरगंज उद्योग वाणिज्य संघको हलमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।आयोजक पीजीआईका अध्यक्ष कञ्चन झाका अनुसार कार्यक्रममा प्रदीप गिरिको जीवन, विचार र वहाँले जिउनुभएका मूल्यहरू—नैतिकता, करुणा, समावेशी राजनीति, सामाजिक न्याय, र सीमापार ऐक्यभाव—माथि विचार विम

    • प्रकाशित मितिः साउन ३०, २०८२
    • 190 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा