समाचार

    Showing 4,771-4,780 of 25,552 items.
  • पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द

    वीरगन्ज। जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेकोे जानकारी दिनुभयो । “फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्मको अवधिमा सीमानाका बन्द गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो, “निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने परम्पर

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 277 पटक पढिएको
  • तराईका जिल्लामा आज होली मनाइँदै

    मध्यविन्दु। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएक

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 246 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

    दमौली (तनहुँ), १९ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ ।मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । उनका अनुसार तनहुँ क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ भने क्षेत्र नं २ का लागि शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने छ ।मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, तारजाली, अवलोकनकक्ष तथा उम्मेदवार÷प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको जनाउँदै प्रजिअ तिवारीले म

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 267 पटक पढिएको
  • मोरङ र ताप्लेजुङमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय

    विराटनगर— नेपाली सेनाको बम डिस्पोजल टोलीले मोरङ र ताप्लेजुङमा फेला परेका दुई शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय गरेको छ।मोरङ जिल्लाको विराटनगर महानगरपालिका–७, डाँफे चोकमा गए राति कालो प्लास्टिकको पोकाभित्र शंकास्पद वस्तु रहेको सूचना प्राप्त भएपछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज परिचालन गरिएको थियो। सुरक्षा घेरा कायम गरी उक्त क्षेत्रलाई नियन्त्रणमा लिएपछि आज बिहान ०६ः५४ बजे उक्त वस्तु निष्क्रिय गरिएको सेनाले जनाएको छ।यसैगरी, ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३, पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडकखण्डमा आज बिहान  ९:१० बजे कालो टेपले

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 456 पटक पढिएको
  • आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    काठमाडौँ। प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम नगर्न नगराउनेसम्बन्धी निर्वाचन आचारसंहिताको प्रावधान स्मरण गराएको हो ।मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने काउन्सिलले उल्लेख गरेको छ ।आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चारमाध्यमको मूल्याङ्कन, वर्गीकरण एवं लोककल्याणक

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 270 पटक पढिएको
  • मध्यपूर्वमा जारी युद्धका कारण भारतका अधिकांश विमानस्थल प्रभावित, धेरै उडान रद्द

    काठमाडौं— मध्यपूर्वमा जारी युद्धका कारण भारतका अधिकांश विमानस्थलहरु प्रभावित भएका छन् । कतिपय हवाई क्षेत्र बन्द भएपछि विभिन्न क्उडान सञ्चालन लगभग शून्यमा झरेको छ ।जसले भारत र खाडी गन्तव्यहरू बीचको हवाई यात्रालाई असर गरेको विमानस्थल अधिकारीहरूले मंगलबार बताएका छन्।कोइम्बटूर अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक मोहम्मद आरिफले भने, ‘मध्य पूर्व क्षेत्रमा जारी युद्धको कारण, त्यहाँको हवाई क्षेत्र धेरै देशहरूले बन्द गरेका छन्। त्यसैकारण, मध्य पूर्व क्षेत्रमा लगभग नगण्य उडान सञ्चालन भइरहेको छ। भारतले पनि देशका विभिन्न शहरहरूबाट दैनिक रूपमा यस क्षेत्रमा धेरै उडानहरू सञ्चालन गर्दछ। कोइम्बटूर पनि उडानहरू

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 428 पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    जुम्ला। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले जानकारी दिनुभयो ।जिल्लाका ११० वटा मतदान केन्द्रमा सोमबार साँझसम्म मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर मतदान अधिकृतको नेतृत्वमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाले जानकारी दिनुभयो ।यसैबीच, निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र मुख्य निर्वा

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 295 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    इलाम— २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका–९ शेरा बस्ने ५० वर्षीय ज्ञान बहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 437 पटक पढिएको
  • आजपाका समानुपातिक उम्मेदवारमाथि आक्रमण हुँदा नाकको हड्डी टुट्यो

    रौतहट— रौतहटमा चुनावी प्रचार प्रसारका क्रममा प्रभु साह नेतृत्वको आमजनता पार्टीका समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि आक्रमण भएको छ सोमबार साँझ रौतहट–३ गुजरा नगरपालिका ६ बेदौउली गाउँमा मन्सुरीमाथि भएको आक्रमणबाट उनको नाकको हड्डी टुटेको छ ।आक्रमणबाट घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचार भएको थियो । उपचारपछि हाल उनी गुजरास्थित आफ्नो घरमा आराम गरिरहेका छन् । डाक्टरले उनको नाकको हड्डी टुटेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 496 पटक पढिएको
  • भक्तपुरको भुम्डोलबाट इन्सास राइफलसहित एक जना पक्राउ

    भक्तपुर— भक्तपुरको  सुर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित  सशस्त्र प्रहरी बलले एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा स्थायी  पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षिय आयन सेढाई रहेका छन् ।सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले ३१ वर्षिय सेढाईको कोठाबाट राइफलसहित एसएलआरको गोली ४ वटा, प्लास्टिक राउण्ड २ वटा, सर्ट गनमा लाग्ने राउण्ड १ वटा, खुकुरी एक थान तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा सहित पक्राउ गरेको हो ।उनलाई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई  बुझाइएको छ । उक्त राइफल तथा हतियारमा लाग्ने गोली&

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • 416 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.