काठमाडौं / भन्सार छली चोरी पैठारी गरी ल्याएको २ थान सवारी साधन सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझा रहेका छन् । काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूमा भन्सार छली चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्री गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका -९ पलासेबाट टोएटा कम्पनीको कार १ थान र सोही नगरपालिका -८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप १ थान सहित उनलाई पक्राउ गरेको हो । बरामद भएको सवारी साधन सहित उनलाई आवश्यक कारबाहीको
काठमाडौँ / आइसल्याण्डको औपचारिक भ्रमण पश्चात राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार स्वदेश फर्कँदै छिन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लुपिएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिइन् । गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधन समेत गरेकी थिइन् । साथै उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गरेकी थिइन् । राष्ट्रपति भण्डारी आज आइसल्याण्डबाट प्रस्थान गरी नर्वेको राजधानी ओस्लो र कतारको राजधानी दोहा हुँदै भोलि शनिबार काठमाडौँ आइपुग्ने कार्यक
काठमाडौँ / अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमार रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्य
विराटनगर / चार हजार बढी अस्थायी मतदाता रहेको मोरङमा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा, कैदी र वृद्धाश्रममा रहेकाहरु अस्थायी मतदाता हुन् । मंसिर ४ मा हुने आमचुनावमा सुनसरीको झुम्का कारागारका झन्डै १ हजार ८ सय कैदीबन्दीमध्ये ४१ जना कैदीबन्दीले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन् । अस्थायी मतदाताहरूले प्रतिनिधिसभाको समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने जनाइएको
झापा / मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याइएको छ ।निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभा तर्फ १६५ तथा प्रदेशसभा तर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको र अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने आयोगले जनाएको छ । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई–दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो ।देश
झापा / सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्पपीडितका लागि राहत दिने निर्णय गरेको छ । भूकम्पका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवारलाई ५० हजार र घर पुनर्निर्माणका लागि जनही २५ हजार रुपैयाँ दिने निर्णय गरिएको जनाइएको छ ।गएको मंगलबार राति र बुधबार बिहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा जनधनको क्षति भएको छ । प्रदेश सरकारबाट पीडित परिवारलाई तत्काल केही राहत दिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । बुधबार गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण घर भत्कँदा डोटीको पूर्वीचौकी गाउँपालिका -३, गैरागाउँमा सातजनाको मृत्यु
झापा / डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । प्रधानमन्त्रीको निर्देशन पछि पनि उनीहरूले तरकारी उत्पादनका लागि निर्माण गरिएका पोली हाउसमा रात बिताउन बाध्य भएको बताएका छन् । गत मङ्गलबार रातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिनागरिककामा कैयौँ घरमा क्षति पुगेको छ । यहाँका कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको कुरा गाँउलेले गुनासो गरेका छन् । “सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरू पोली
बिर्तामोड / झापा कारागारमा रहेका एक हजार चार सय २७ जना कैदीबन्दी मध्ये एक सय ४८ कैदीबन्दीले आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिने बताए । उनले भन, “कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा एक सय ४८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।”कारागारमा हाल एक हजार दुई सय ४५ पुरुष, ७१ जना महिला र दुई जना बालबा
बिर्तामोड / झापा कारागारमा रहेका एक हजार चार सय २७ जना कैदीबन्दी मध्ये एक सय ४८ कैदीबन्दीले आसन्न मङ्सिर ४ गते हुने निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिने बताए । उनले भन, “कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा एक सय ४८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।”कारागारमा हाल एक हजार दुई सय ४५ पुरुष, ७१ जना महिला र दुई जना बालबा
एजेन्सी / पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको दक्षिण भागमा पर्ने वजिरिस्तान जिल्लामा मंगलबार राति भएको आतङ्कवादी हमलामा परी कम्तीमा २ प्रहरीको मृत्यु हुनुको साथै अन्य ३ जना घाइते भएका प्रहरीले जनाएको छ ।अज्ञात आतङ्ककारीहरूले मध्यरातमा जिल्लाको रघजाई क्षेत्रको १ प्रहरी चौकीमा आक्रमण गरेका र परिणामस्वरूप प्रहरीहरू हताहत भएका सञ्चारमाध्यमले जानकारी दिएका छन् । आतङ्ककारीहरूले एम्बुलेन्स र प्रहरी चौकीमा आगजनी गरेका र चौकीबाट २ दर्जनभन्दा बढी मशिनगन, १ थान हलुका मेसिन गन र फिल्डर कार समेत चोरी गरेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.