सिमकोट। प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत प्राप्त गर्नुभयो ।
यस्तै नेकपा (एमाले)का दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गर्नुभयो । हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।






































