समाचार

    Showing 4,551-4,560 of 25,544 items.
  • निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप

    जनकपुर— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम धनुषा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवले निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको आरोप लगाएका छन् ।हिजो (आईतबार) निर्वाचन आयोगले धनुषा क्षेत्र नं।१ को मतगणनाको नतिजा रोक्न निर्देशनसहितको पत्र जारी गरेपछि यस क्षेत्रका उम्मेदवारहरु आक्रोसित भएका छन् ।नेकपाबाट उम्मेदवारी दिएका यादवले हिजो धनुषाको धनुषाधाममा विरोध जनाएका थिए । उनले अबेर राती सोही स्थानमा पत्रकारसम्मेलन गर्दै निर्वाचन आयोगले जारी गरेको निर्देशनको विरोध गरेका छन् । उनले आयोगले आफै गरेको निर्णय तीन पटक परिवर्तत गरेर अन्तमा उम्मेदवारहरुलाई नै अन्योलम

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 423 पटक पढिएको
  • राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ ।सोमबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो ।आज विधायन समितिको बैठक छ वर्षे कार्यकाल समाप्त भई बिदाई भएका समिति सभापति तथा सदस्यलाई धन्यवाद ज्ञापन गरिने छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा पदावधि समाप्त भएका समितिका सदस्यहरुसँग अनुभव आदानप्रदान गरिने छ भने बैठक बिहान ११:३० बजे बस्ने तय भएको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 462 पटक पढिएको
  • समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत

    काठमाडौं— प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७९ लाख १० हजार ४०८ मत गणना भएको छ ।बिहान ७ः५० बजेसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ । रास्वपाले ३८ लाख २२ हजार ६३२ मत प्राप्त गरेको छ ।त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ८९ हजार ४४८, नेकपा एमलेले १० लाख ८९ हजार ४४९, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ६२ हजार ९१४ मत प्राप्त गरेको छ ।यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६७ हजार ३०४ र श्रम संस्कृति पार्टीले दुइ लाख ६२ हजार ६६० मत प्राप्त गरेको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 453 पटक पढिएको
  • रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो ।सोमबार बिहान कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ । नेप्से ४ प्रतिशतले बढेपछि नियमअनुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बता

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 433 पटक पढिएको
  • सुनको मूल्य घटयो कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ ।आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 479 पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी

    काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ ।निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४, रसुवा, सिन्धुली १ र २, दोलखा, कन्चनपुर १, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २, ३, ४ र ६, सुनसरी ३, तेह्रथुम, उदय

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 281 पटक पढिएको
  • नुवाकोट–१ मा प्रकाशशरण महत पराजित

    काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत पराजित भएका छन्।नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिनासँग महत पराजित भएका हुन्।सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तिमिल्सिनाले २२ हजार ६ सय ९ मत प्राप्त गरी निर्वाचित हुँदा पूर्व अर्थमन्त्रीसमेत रहेका महतले १८ हजार ५ सय ९७ मत ल्याए।त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३ सय ७७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बद्री मैनाली ८ हजार ९ सय ३२ मत पाए ।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 479 पटक पढिएको
  • गोरखा–१ मा सुधन गुरूङको ८ हजार बढी मतको अग्रता

    काठमाडौ— प्रतिनिधिसभा सदस्य गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरूङको अग्रता फराकिलो हुँदै गएको छ ।सोमबार बिहानसम्मको मत गणना अनुसार उनले ८ हजार बढी अग्रता बनाएका छन्।गुरूङले १९ हजार २९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्।त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ७ हजार ११६ मत ल्याएका छन्।

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 415 पटक पढिएको
  • राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने

    काठमाडौं— राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ।संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ।गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ। शपथग्रहणका लागि आफ्नो पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ।नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 411 पटक पढिएको
  • ‘नयाँ सरकारले निराशालाई आशामा बदल्नु पर्छ ’

    चितवन। प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा युवा पुस्ता उत्साहित बनेका छन् । उनीहरुले अब बन्ने स्थिर सरकारले रोजगारी सिर्जना र सुशासन दिनेमा ढुक्क छन् । जेनजी आन्दोलनपछि भएको आम निर्वाचनले दिएको परिणामलाई युवाहरुले सकारात्मक रुपमा लिएका छन् ।भरतपुर महानगरपालिका–१० निवासी पृथ्वी धिताल अहिलेको परिवर्तन देशका लागि भएको बताउनुहुन्छ । युवा पुस्ताका लागि रोजगारी र सुशासन नै महत्वपूर्ण रहेको उनले बताए ।उनले भने,“अहिले भएको निर्वाचनको परिणामले युवा पुस्तालाई सम्बोधन गर्छ ।” यदि त्यसो हुन नसके फेरि अर्को विद्रोह नहोला भनेर भन्न नसकिने उनको भनाइ छ । उनले भने,“जेनजी आन्दोलन पछ

    • प्रकाशित मितिः फागुन २५, २०८२
    • 265 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.