समाचार

    Showing 4,491-4,500 of 25,544 items.
  • दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

    मध्यविन्दु। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् ।विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की, सोही मोटरसाइकल पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते हुनुभएको छ ।त्यसैगरी यात्रीवाहक एउटा बसमा सवार छ जना घाइ

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 240 पटक पढिएको
  • शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

    दोधारा चाँदन। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले क्यामेरा ट्रयापिङ विधिबाट राष्ट्रिय बाघ गणना सुरु भएको बताउनुभयो । उहाँका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिँदै आएको छ । क्यामेरा ट्रयापिङ विधिबाट पाँचौँ पटक बाघ गणना गर्न लागिएको उक्त कम्प्लेक्समा १५ दिनसम्म सर्वेक्षण गरिनेछ ।निकुञ्जका अनुसार बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामरा जडान गरिएको छ । संरक्षण अधिकृत वाग्लेले भन्नुभयो, “त्यहीँ

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 228 पटक पढिएको
  • समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

    काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ ।नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख दुई हजार ७४३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार १९७ मत प्राप्त गरेको छ ।जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४४४, जनमत पार्टीले

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 281 पटक पढिएको
  • मानवसेवा आश्रममार्फत सयौँको पारिवारिक पुनर्मिलन

    गण्डकी। मानवसेवा आश्रम सडकआश्रित मानवको उद्धारसँगै पारिवारिक पुनर्मिलनको माध्यम बनेको छ । परोपकारी संस्थाका रुपमा विसं २०७३ देखि औपचारिक सेवा सुरु गरेको मानवसेवा आश्रममार्फत हालसम्म दुई हजार ८०० जनाभन्दा बढीलाई पारिवारिक पुनर्मिलन गराइएको हो ।मकवानपुरको हेटाँैडामा केन्द्रीय कार्यालय रहेको आश्रमका कास्कीसहित २१ जिल्लामा ३० सेवा केन्द्र छन् । सडकबाट उद्धार गरेर आश्रममा ल्याइएका व्यक्तिको पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिने गरिएको आश्रमका सह–कोषाध्यक्ष सुमिरा लामाले बताउनुभयो ।पारिवारिक पुनर्मिलन सम्भव नभएकालाई आश्रममै राखेर रेखदेख र पालनपोषण गर्ने गरिएको उहाँको भनाइ छ । “सडकबाट बेवारिसे

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 305 पटक पढिएको
  • समानुपातिकतर्फ एक करोड छ लाख ८३ हजार मत गणना

    काठमाडौँ। समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड छ लाख ७९ हजार ३६२ मत गणना भएको छ ।निर्वाचन आयोगले उपलब्ध गराएको राति १२ः०० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १४ हजार १८५ मत प्राप्त गरेको छ ।नेपाली काग्रेसले १७ लाख ३८ हजार ९८, नेकपा (एमाले)ले १४ लाख ४३ हजार ८६४, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ९६ हजार ६३२, श्रम संस्कृति पार्टीले तीन लाख ७६ हजार ७००, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २८ हजार ७३० मत प्राप्त गरेको छ ।जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार २०३, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७० हजार ८३२ ,जनमत पार्टीले ७८ हज

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 264 पटक पढिएको
  • सांसदलाई मन्त्री नबनाउन आयोगको सुझाव

    काठमाडौं— गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा गोली प्रहार र आगजनी छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले हालको निर्वाचन प्रणालीका कारण पनि देशमा भ्रष्टाचार मौलाएको निष्कर्ष निकालेको छ । सांसदहरू मात्र मन्त्री बन्ने प्रणालीले जसरी पनि सांसद हुन अस्वस्थ राजनीति बढेको भन्दै सांसदलाई मन्त्री नबनाउने गरी नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ । आयोगका एक अधिकारीका अनुसार सांसदको चुनावमा अत्यधिक खर्च हुने र त्यो खर्च उठाउनका लागि पनि पदमा पुगेपछि भ्रष्टाचार गर्ने प्रवृत्तिले नीतिगत भ्रष्टाचार बढ्दै गएको छ । ‘सांसदलाई मन्त्री नबनाउने हो भने निर्वाचन प्रणालीमा धेरै सुधार हुन्छ, यसले

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 474 पटक पढिएको
  • बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र ब

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 460 पटक पढिएको
  • राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    काठमाडौं— संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु  मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएकोे छ ।राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा स

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 442 पटक पढिएको
  • सपना मल्लसहित छ जनाको नाम सिफारिस

    काठमाडौं—  न्यायपरिषद्ले सर्वोच्च अदालतको आगामी प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नामावली सिफारिस गरेको छ। परिषद्को बैठकले चैत १८ गतेदेखि रिक्त हुन लागेको सर्वोच्च पदमा नियुक्तिका लागि योग्य न्यायाधीशहरूको सूची संवैधानिक परिषद्मा पठाएको हो।वर्तमान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गते अवकाश पाउँदै छन्। प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अगावै नयाँ नेतृत्वको सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था अनुसार यो प्रक्रिया अघि बढाइएको हो।सिफारिस गरिएका न्यायाधीशहरूमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू डा। मनोजकुमार शर्मा, कुम

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 396 पटक पढिएको
  • मौसम पूर्वानुमान: केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौं— हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ।यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ। साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा

    • प्रकाशित मितिः फागुन २७, २०८२
    • 432 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.