समाचार

    Showing 441-450 of 17,356 items.
  • काठमाडौंबाट धनगढीका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

    काठमाडौं— काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ । गएराति २ बजेतिर पैदलयात्रुले झुक्काउँदा कपिलबस्तु शिवराज नगरपालिका–१ बनकसबासमा बा.प्र. ०१–००६ ख ८५०६ नं.को बस दुर्घटना भएको हो ।बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने पैदलयात्री हुन् ।उनको पहिचान नखुलेको कपिलवस्तुका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।यस्तै, बसमा सवार १७ जना यात्रुमध्ये ५ जना घाइते भएका छन् ।उनीहरूको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 346 पटक पढिएको
  • जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

    बैतडी— जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 372 पटक पढिएको
  • छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु, १० जना बेपत्ता

    काठमाडौं— भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो ।स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 428 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेको केहि स्थानमा हल्का वर्षासहित हिमपातको भइरहेको छ ।दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 209 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ। कात्तिकः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९३ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९८ पैसा र बि

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 152 पटक पढिएको
  • आज २०८२ साल कात्तिक १३ गते बिहिबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले दिगो फाइदा उठाउन सकिनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ। भविष्यका लागि काममा जग बसाउने मौका छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रय

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 316 पटक पढिएको
  • राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने

    काठमाडौं— सरकारले राष्ट्रिय सभा सदस्यका रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते आइतबारका दिन निर्वाचन गराउने मिति तोकेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।सरकारका प्रवक्ता खरेलका अनुसार बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गर्ने निर्णय पनि गरेको छ। सो संशोधनमार्फत स्वकीय सचिवालयको दरबन्दी घटाइने भएको छ।त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा स

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 374 पटक पढिएको
  • एसएसपी प्रकाश रानाभाटको राजीनामा

    काठमाडौं— नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन्। उनले बुधवार नेपाल प्रहरीका निरीक्षक महासंचालक (आईजीपी) को सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जानकारी दिएको छ।रानाभाट २०५८ सालमा प्रहरी इन्स्पेक्टरका रूपमा सेवामा प्रवेश गरेका थिए। गत साउनमा ११ जना एसपीलाई एसएसपीमा बढुवा गर्दा उनी पनि सो सूचीमा परेका थिए। हालसम्म उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।परिवारका सबै सदस्य लन्डनमा बसोबास गर्दै आएको र उनीहरूसँग रहन चाहेकै कारणले राजीनामा दिएको रानाभाटले बताएका छन्।

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 387 पटक पढिएको
  • नेप्सेमा सामान्य करेक्सन, लगातार तीन दिनको वृद्धि रोकियो

    काठमाडौं— पछिल्ला तीन कारोबार दिनदेखि उकालो लाग्दै आएको नेप्से परिसूचक बुधबार सामान्य करेक्सनसहित घटेर बन्द भएको छ । बजार बढेको मौकामा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि करेक्सन देखिएको हो ।                                                                         बुधबार नेप्से परिसूचक ५.१७ अंक घटेर २,५६६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स १.५६ अंकले कम भएको छ भने फ्लोट इन्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्ल

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 375 पटक पढिएको
  • संकटको घडिमा एकजुट हुन जरुरी छ, आत्मनिन्दा कम गर्नुपर्छः प्रकाशशरण महत

    काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न आग्रह गरेका छन् । वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक विषयमा केन्द्रित’ कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका मतभेदलाई छोडेर एकताको आवश्यकता रहेको बताए । उनले अहिले देश गम्भीर संकटमा रहेको र यस्तो अवस्थामा कांग्रेस नेतृत्वले संगठनलाई सशक्त र एकताबद्ध बनाउनुपर्ने बेला आएको बताए । उनले भने, ‘पार्टीको मूल मर्म र भावनालाई बुझेका मान्छेहरू मात्रै सक्रिय सदस्य हुन्छन् । सक्रिय सदस्यहरूले नै पार्टी नेतृत्व गर्छन्, हाम्रो पद्धति त्यही हो । अहिले हाम्रो बहस विशेष महाधिवेशन मंसिरमा भ

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 392 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा