काठमाडौं— सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतको सूचना प्रविधिसम्बन्धी सबै प्रणाली अनिश्चितकालका लागि बन्द भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै बन्द भएको जानकारी गराएको हो ।जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी र लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।विभागको सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विषम परिस्थितिमा अर्को सूचना नभएसम्मको लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सुचन
चितवन— चितवन कारागारबाट फरार भएका कैदीबन्दीहरूमध्ये २३५ जना पुनः कारागारको सम्पर्कमा आएका छन्।गत बिहीबार परिवार तथा आफन्तमार्फत सम्पर्क गरिएपछि कैदीबन्दीहरू क्रमशः कारागार फर्किन थालेका हुन्। फरार भएका ७४० कैदीमध्ये २३५ जना अहिलेसम्म फर्किसकेका कारागार कार्यालय चितवनका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।४६ जना महिला कैदीमध्ये २७ जना भित्रिइसकेका छन् भने अन्य केही बाहिरी जिल्लाका कारागारहरूमार्फत सम्पर्कमा आएको जानकारी ढुङ्गानाले बताए। भैरहवा कारागारमा ४ जना र दमौली कारागारमा १ जना कैदी सम्पर्कमा आएका छन्। यस्तै, अन्य कारागारहरूबाट १४ जना कैदीबन्दी चितवन कारागारको सम्पर्कमा आइपुगेका
काठमाडौं— जेनजी आन्दोलनको दोस्रो दिन भएको लुटपाटको क्रममा सडकमा भेटिएको ठूलो रकम एक सचेत नागरिकले प्रहरीको जिम्मा लगाएका छन्।ललितपुर महानगरपालिका–११ निवासी ३७ वर्षीय सुरेश देउलाले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा भएको लुटपाटपश्चात बाटोमा फालिएको अवस्थामा भेटिएको रकम प्रहरीमा बुझाएका हुन्। देउलाले ५०० रुपैयाँ दरका नयाँ नोटमा रहेको ५ लाख रुपैयाँ र थप १० हजार ५०० रुपैयाँ खुद्रा रकम जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरी स्रोतले जानकारी दिएको छ।भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र लुटपाटका घटना भएका थिए
इटहरी — सशस्त्र प्रहरी बलले आइतबार बिहान इटहरीमा दुई वटा ट्रकबाट करिब ५ हजार केजी गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा कोशी प्रदेशस्तरीय सशस्त्र प्रहरी टोलीले राति १ः३० बजे रोकी राखेको दुई ट्रकबाट १५८ बोरा गाँजा फेला पारेको हो।गाँजा बेवारिसे अवस्थामा एक पेट्रोल पम्पअगाडि पार्क गरिएका ट्रकभित्र लुकाइएको सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेले जानकारी दिए । ‘गाँजा कहाँबाट ल्याइएको र कसको हो भन्ने खुल्न सकेको छैन,’ उनले भने, ‘ट्रकका चालकहरू भने फरार छन्।’ना ४ ख २९०१ नम्बरको ट्रकबाट १२४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गाँजा फेला पारेको सशस्त्र प्रहरीको भनाइ छ । बरा
काठमाडौं— यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको हो।
काठमाडौं—एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणको आईपीओ भदौ २९ बाट निष्कासन गर्ने योजना स्थगित गरेको छ । कम्पनीले हालको परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म आईपीओ निष्कासन रोकेको जनाएको छ ।पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने तयारी थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबरको आईपीओ निष्कासन अनुमति दिएको थियो । आईपीओको अंकित मूल्य प्रति शेयर १०० रुपैयाँ तोकिएको थियो ।
काठमाडौं— नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्पूर्ण सरकारी कार्यालयमा आगजनी गर्दा रेकर्ड, प्रमाण र फाइलहरु नष्ट भई शुन्यमा पुगेको बताएकी छिन् । आइतबार पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भौतिक भवनको क्षती भन्दा विवरणहरु जलेर नष्ट हुँदा मुलुक शुन्यमा पुगेको बताएकी हुन् । उनले भनिन्, ‘हाम्रो रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को ठुलो समस्या भौतिक भवनको क्षतीले त केही हुदैन रहेछ त्यो त बनाउन पनि सकिन्छ तर ती रेकर्डहरु, जमानाका फाइलहरु ती विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौ ।’उनले सत्ता र पदको लोभ नरहेको भन्दै ६ महिना अ
काठमाडौं— सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए । साथै उनको अनुसार घाइतेहरुको निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।उनले भने,‘मृतक व्यक्तिलाई शहीद घोषणा गर्ने र १० लाख उपलब्ध गराउने निर्णय भएको छ र घाईतेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशुल्क उपचारको व्यस्था गर्ने पनि निर्णय भएको जानकारी गराउँछु ।’ त्यस्तै उनले प्र
काठमाडौं— प्रधानमन्त्री शुसीला कार्कीले शहीद गेट पुगी सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन् । आइतबार उनले पदभार ग्रहण गर्नु अघि शहीदहरूको शालिकमा माल्यार्पण गरेकी हुन् । सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरिसकेकी छ्न् ।
काठमाडौं— बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन् ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्कालाई शनिबार काभ्रे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले गएराति पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.