समाचार

    Showing 2,791-2,800 of 19,052 items.
  • देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?

    काठमाडौं । देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ ।सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पहिरो र नदी कटानका कारण यातायात अवरुद्ध भएको छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा भने एकतर्फी आवागमन खुला गरिएको जानरी दिएको छ ।अरनिको राजमार्गमा एकतर्फी

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 206 पटक पढिएको
  • विपद्मा नेपाली सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता

    काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ । सेनाले आज आश्विन २० गते बिहानै मात्र इलाम, सन्दकपुर–४ माबु इलाकामा पहिरोमा परी घाइते भएका एक जना पुरुष र तीन जना महिला (१ बालिका सहित) चार जना व्यक्तिहरुलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरद्वारा झापास्थित अस्पताल पुर्याएको छ । अविरल वर्षाका कारण बाटो अबरुद्ध भएपछि सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । यस्तै थुप्रै उद्धारको कार्यमा नेपाली सेनाको सक्रिय

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 141 पटक पढिएको
  • डिजिटल पूर्वाधार साझेदारीमा विश्वासिलो विकल्पको रूपमा उदाउँदै भारत

    काठमाडौं । विश्वव्यापी रुपमा कृत्रिम बुद्धिमत्ता (एआई) र कम्प्युटिङ प्रविधि तीव्र गतिमा अघि बढिरहेका बेला भारत दीर्घकालीन डिजिटल पूर्वाधार साझेदारीका लागि विश्वासिलो विकल्पको रूपमा उदाउँदै गएको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।सेंट्रमद्वारा प्रकाशित प्रतिवेदनअनुसार, विश्वका ७० प्रतिशत कम्प्युटर–इन्टेन्सिभ मोडेलहरू अमेरिकामा विकास भइरहेका छन् भने चीनले प्रविधिगत अलगावलाई प्राथमिकता दिइरहेको छ । यसैबीच, पश्चिमी मुलुकहरू नियामक स्थायित्वमा केन्द्रित भइरहेका बेला भारतले वैकल्पिक अवसर देखाइरहेको छ ।प्रतिवेदनमा उल्लेख भए अनुसार, भारतको डेटा सेन्टर क्षमता सन् २०२४ मा १.४ गीगावाट पुगेको छ । जसको बजार आ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 166 पटक पढिएको
  • ५ सय ३७ किलो गाँजासहित एक जना पक्राउ

    विराटनगर— सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले धानबारी भित्र प्लास्टिकको १३ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा ५ सय ३७ किलो १ सय ४० ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार पोसारमा संलग्न रहेका सोही स्थानका ४५ बर्षीय दिनेश यादव समेतलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 429 पटक पढिएको
  • सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा

    काठमाडौं— समयानुकुल सेवासुविधा पाउनुपर्ने माग गर्दै विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। पोखरा र चितवनका प्रमुख मेडिकल कलेजका नर्सहरूले सरकारले तोकेको पाँचौँ तहको तलब संरचना अनुसार तलब वृद्धि गर्न माग गर्दै एकसाथ आन्दोलन सुरु गरेका छन्।पोखरास्थित गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल र मणिपाल मेडिकल कलेजका नर्सहरूले केही दिनअघि अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै तलब वृद्धि, कार्यभारअनुसार पारिश्रमिक संशोधन, अतिरिक्त समयको भुक्तानी र चाडपर्व भत्ताको सुनिश्चितता माग गरेका छन्। उनीहरूले तीन दिनभित्र माग सम्बोधन नभए शान्तिपूर्ण विरोधमा जाने चेतावनी दिएका थिए।उक्त माग पूरा नभएपछि प्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 462 पटक पढिएको
  • दक्षिणी चीनमा ‘तुफान माट्मो’ को प्रभावः २ लाख ७१ हजारभन्दा बढी मानिसको स्थानान्तरण

    काठमाडौं— दक्षिण चीनमा आएको ‘तुफान माट्मो’ का कारण २ लाख ७१ हजार ५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।२०२५ प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको आँधी ‘तुफान माट्मो’ आइतबार दिउँसो करिब २ः५० बजे ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहरस्थित जुवेन काउन्टीको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेसँगै दक्षिण चीनका विभिन्न क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।ग्वाङ्डोङ मौसम सेवा अनुसार आँधीको केन्द्रमा अधिकतम हावाको वेग प्रतिसेकेन्ड ४२ मिटर पुगेको थियो भने केन्द्रीय न्यूनतम वायुमण्डलीय दबाब ९६५ हेक्टोपास्कल मापन गरिएको थियो । आँधीको प्रभावका कारण ग्वाङ्डोङले आफ्नो तुफान आपतकालीन प्

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 474 पटक पढिएको
  • आफ्नै आमाको ज्यान लिने छोरा पक्राउ

    धादिङ— धादिङमा आमाको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् ।५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति धारिलो हतियार प्रहार गरी उनले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए ।घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए । यमबहादुरमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 466 पटक पढिएको
  • ‎ भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने

    काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक समेत गरिसकिएको छ । पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् । ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स इन्टरनेसनल स्टुडियोजले दिएको छ ।अहिले कलाकार छनोटको कार्य चलिरहेको जनाइएको छ । कथा, शैली र भिजुअलमा नयाँपन ल्याउने उ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 136 पटक पढिएको
  • मनाङको प्रदेशसभा–२ को उपनिर्वाचन स्थगित

    मनाङ— मनाङ जिल्ला प्रदेशसभा क्षेत्र नं. २ मा तय गरिएको उपनिर्वाचन स्थगित भएको छ। निर्वाचन आयोगले विभिन्न प्राविधिक र प्रशासनिक कारण देखाउँदै उपनिर्वाचन रोकिएको जानकारी दिएको हो।निर्वाचन आयोग स्रोतका अनुसार, निर्वाचनको तयारीका क्रममा देखा परेका विविध अवरोध, स्थानीय स्तरमा देखिएको असहज परिस्थिति र प्राविधिक तयारी अपुरो भएकाले उपनिर्वाचन स्थगन गर्ने निर्णय गरिएको हो।यसअघि, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछिको समयावधिमा मनाङ–२ मा निर्वाचित सांसदको पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको थियो। तर, आवश्यक पूर्वाधार, जनशक्ति तथा सुरक्षा व्यवस्थापनमा चुनौती देखा परेपछि प्रक्रिया अगाडि बढाउ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 456 पटक पढिएको
  • पहिरोपीडित चार जनालाई सेनाले उद्धार गरी अस्पताल पठायो

    विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ ।घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पु¥याएको बताइएको छ ।आइतबार पनि नेपाली सेनाले गर्भवती महिला सहित दुई जनालाइ उद्दार गरेर इटहरी उपचारका लागि ल्याएको थियो ।

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 110 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा