समाचार

    Showing 2,701-2,710 of 26,789 items.
  • १३.४६ अंकले घट्यो नेप्से

    काठमाडौं— साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा पुगेको हो ।नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर खरिद बिक्री हुँदा रू.४ अर्ब ७० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ८.५% एभरेष्ट बैंक डिबेन्चर २०८६को भएको छ । यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।आजको बजारमा कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 609 पटक पढिएको
  • भारतको हरियाणास्थित कुखुरा फार्ममा महोत्तरीका १६ नेपाली कामदार बन्धक

    महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिका–१४ स्थित मुसहर बस्तीका १६ जना नेपाली कामदार भारतको हरियाणा राज्यमा रहेको एक कुखुरा फार्ममा बन्धक बनेको आरोप सार्वजनिक भएको छ। बन्धक परेकामध्ये १० जना पुरुष र ६ जना महिला रहेका छन्।इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार उनीहरूलाई आकर्षक तलब, सेवा–सुविधा र सहज कामको प्रलोभन देखाएर भारत लगिएको थियो। स्थानीय दिलीप परियारले गत चैत १३ गते रोजगारीका लागि हरियाणाको जिन्द जिल्लाअन्तर्गत झाझर थाना क्षेत्रको हेलन गाउँस्थित कुखुरा फार्ममा पुर्‍याएको बताइएको छ।कामदारका आफन्तहरूले उनीहरूलाई जबर्जस्ती काममा लगाइएको, ज्याला नदिइएको तथा बाहिर निस्कन नदिई नियन्त्रणमा राख

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 516 पटक पढिएको
  • हङकङमा प्रदर्शन हुँदै नेपाली सिनेमा ‘जोर ढुंगा’

    काठमाडौं— लेखक तथा निर्देशक युगल पोमोको निर्देशनमा निर्माण भएको नेपाली कथानक सिनेमा जोर ढुंगा हङकङमा प्रदर्शन हुने भएको छ। सिनेमाको ग्राण्ड प्रिमियरअघि गत मे ३० मा आयोजित एक कार्यक्रममा यसको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो।कार्यक्रममा आगामी अगस्ट ३०, २०२६ मा हङकङको हुङहम वाम्पोस्थित सानविम सिनेमा हलमा सिनेमाको ग्राण्ड प्रिमियर गरिने जानकारी दिइएको थियो।ताप्लेजुङको निगुरादेन क्षेत्र आसपासका रमणीय स्थानमा छायांकन गरिएको ‘जोर ढुंगा’ लिम्बु समुदायको पृष्ठभूमिमा आधारित छ। अंग्रेजी सबटाइटल तथा स्थानीय संवाद समावेश गरिएको सिनेमाले लिम्बु संस्कृति र जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरेको निर्म

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 580 पटक पढिएको
  • नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन सुरक्षा अधिकारीहरू प्रतिवद्ध

    रौतहट— भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमापार हुने आपराधिक गतिविधिहरूमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यले दुवै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ । विहारको सीतामढीस्थित समाहरणालयको विमर्श सभाकक्षमा ‘इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को यो महत्वपूर्ण बैठक बसेको हो । बैठकमा मुख्य रूपमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी जाली नोटको कारोबार, अवैध हतियार तस्कर

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 576 पटक पढिएको
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल, धेरै विषय सुधार गर्नुपर्ने

    काठमाडौं— राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भएको छ ।बिहीबार बसेको समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै शिक्षामन्त्री सस्मित पोख्रेलले उक्त विधेयक नेपालभरका सबै प्रयोगशालालाई नियमन गर्न नभई राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई मात्रै सञ्चालन तथा व्यवस्थापन गर्न ल्याइएको स्पष्ट पारे । उनले बाहिर यो विधेयकले देशका सबै प्रयोगशालालाई नियमन गर्ने भन्ने भ्रम रहेको उल्लेख गर्दै भने, ‘यो विशेष रूपमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई नियमन गर्न बनाइएको छुट्टै विधेयक हो। नेपालमा रहेका सबै

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 471 पटक पढिएको
  • कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन् ।मलेसियाविरुद्धको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गर्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । उनले आक्रामक शैलीमा खेल्दै ५४ बलमा १२६ रन बनाएर आउट भए ।उनको इनिङ्समा चौका र छक्काको वर्षा देखिएको थियो । भुर्तेलको विस्फोटक ब्याटिङका कारण नेपालले ठूलो स्कोरतर्फ अग्रसरता लिएको थियो । यो समाचार तयार पार्दा सम्म नेपालले १८।३ ओभरको् समाप्तीमा ५ विकेट गुमाएर २६२ रन बनाएर खेलीरहेको छ ।यसअघि उनले चीनविरुद्धको खेलमा पनि केवल ३५ बलमा शतक प्रहार गरेका थिए । लगातार दुई खेलमा शत

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 551 पटक पढिएको
  • मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

    काठमाडौं— एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेल अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ ।यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।नेपाल र मलेसिया दुवै एशियन गेम्समा छनौट भएका छन् भने यस खेलको नतिजाबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।आजको खेलमा दिपेन्द्र सिंह ऐरी कप्तान, कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, शेर मल्ल, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी खेल्दै छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 577 पटक पढिएको
  • बालेन सरकारका विश्वासपात्र शाखा अधिकृतमाथि गम्भीर आरोप, सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

    काठमाडौं— प्रधानमन्त्री बालेन निकट मानिएका शाखा अधिकृत संजीव नेपालविरुद्ध गम्भीर आर्थिक अनियमितता, अकुत सम्पत्ति आर्जन तथा कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ।दर्ता गरिएको उजुरीमा संजीव नेपालले अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणसँग सम्बन्धित विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरी गैरकानुनी लाभ लिएको र त्यसैबाट ठूलो सम्पत्ति जोडेको आरोप लगाइएको छ। उजुरीकर्ताले उनको सम्पूर्ण आर्थिक गतिविधि, आयस्रोत तथा सम्पत्तिमाथि निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्।उजुरीमा प्रधानमन्त्री तथा मन्त

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 447 पटक पढिएको
  • इनरुवामा जुवाको अड्डामाथि प्रहरीको छापा, १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    सुनसरी— सुनसरीको इनरुवामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा १२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट नगद रु १ लाख १ हजार ७ सय ३५ र एक बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार इनरुवास्थित एक स्थानमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनास्थलबाट नगद रकम र तास बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।पक्राउ पर्नेहरूमा जुनलक राई, ताहिर साफी, रामप्रसाद चौलागाईं, उमेश साह हलुवाई, विनोद बोगटी, सीतल सेकुवा कर्नरका सञ्चालक शुरबहादुर राउत, नजावुल मियाँ, अमिर मियाँ, फारुक अन्सारी, मफू

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 469 पटक पढिएको
  • भन्सार छलीको आशंकामा ७७४ विद्युतीय गाडी नियन्त्रणमा, अनुसन्धान जारी

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। भन्सार छली भएको आशंकापछि विशेष सुरक्षा अभियान सञ्चालन गर्दै गाडीहरू नियन्त्रणमा लिइएको हो।सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार जोमसोम, कुस्मा, हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। अधिकांश सवारी बीवाईडी ब्रान्डका रहेको बताइएको छ।भन्सार छलीसम्बन्धी उजुरी प्राप्त भएपछि निगरानी र गस्ती कडा पारिएको तथा सोही क्रममा गाडीहरू फेला पारिएको प्रवक्ता भट्टले जानकारी दिए। उनले कर छली भएको वा नभएको विषय अ

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 611 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.