समाचार

    Showing 25,341-25,350 of 26,067 items.
  • अनलाइनमा महिलामाथि हुने दुव्र्यवहार रोक्न थप सुरक्षा दिने प्रतिबद्धता

    बिर्तामोड /  फ्रान्समा आयोजित यूएन जेनेरेसन समता मञ्चमा  ट्वीटर, टिकटक, गुगल र फेसबुकले आफ्नो प्लेटफर्म मार्फत महिलामाथि हुने दुव्र्यवहार रोक्न थप सुरक्षा दिने प्रतिबद्धता ब्यक्त गरेको छ । अनलाइनमा आधारित लैङ्गिक हिंसा तथा दुर्व्यवहार कम गर्न वर्ल्ड वाइड वेब फाउन्डेसनले गत वर्षदेखि सुरु गरेको परामर्शका क्रममा उक्त प्रतिज्ञा आएको हो ।वर्ल्ड वाइड वेब फाउन्डेसनले परामर्शका क्रममा महिलाहरूले आफ्नो सामाजिक सञ्जालको पोस्टमा कसले कमेन्ट गर्न सक्ने वा रिप्लाई दिनसक्ने भन्ने विषयमा थप नियन्त्रण चाहने र अनलाइनमा कहाँ, कहिले र के हेर्ने भन्नेमा थप रोजाइ खोज्ने गरेको देखिएको छ ।  महिला

    • प्रकाशित मितिः असार १९, २०७८
    • 121 पटक पढिएको
  • धादिङमा पाँच वटा गाडी पहिरोले पुरिँदा २ को मृत्यु, ६ घाइते

    धादिङ /  धादिङको बेनीघाट रोराङ गाउँपालिका –१० जवाङमा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको हो ।प्रजा सोही ट्रकमा मृत फेला परेका हुन् भने सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर रन्जन अवाले जानकारी दिए ।पहिरोमा बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक

    • प्रकाशित मितिः असार १९, २०७८
    • 87 पटक पढिएको
  • एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न माग

    विराटनगर / कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरूले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि. का प्रबन्धक केदारबहादुर खत्रि समक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरूको टोलीले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनी गरेको प्रतिवद्धता विपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको बताएका छन् । ‘तपाईँहरूले नेपाल सरकारको घोषित कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । हामीले तपाईँहरूले तोकेको प्रिमियम तिरेर बीमा गरेका हौं । तपाईँहरूले हामीस

    • प्रकाशित मितिः असार १८, २०७८
    • 99 पटक पढिएको
  • चोरीको आरोपमा दुई पक्राउ

    सुनसरी / सुनसरीको इटहरी उपमहानगरपालिकाबाट चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका –३ का २९ वर्षीय सुमन तामाङ र धरान उपमहानगरपालिका –१९ का २४ वर्षीय सुरज परियार रहेका छन् । तामाङ इटहरी –३ का अनन्त प्रसाद पौडेलको नगद १ लाख ३५ हजार र १४ हजार मूल्य बराबरको सुनको गहना चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । ज्येष्ठ १२ गते बिहान अन्दाजी ६ बजेको समयमा पौडेलको घर कोठाबाट नगद तथा गहना हराएको भन्ने सूचनाका आधारमा चोरीमा संलग्न रहेका ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको हो । तामाङको साथबाट प्रहरीले नगद ६९ हजार ५ सय नगद समेत

    • प्रकाशित मितिः असार १८, २०७८
    • 84 पटक पढिएको
  • कोरोनाको खोप लगाएका यात्रुलाई छुट

    बिर्तामोड / कोरोना महामारीले  निषेध भएको आन्तरिक हवाई उडान बिहीबार देखि सुचारु भएसँगै श्री एयरलाइन्सले यात्रुलाई विशेष छुट दिने निर्णय गरेको छ ।एयरलाइन्सले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहन गर्दै कोरोना भाइरस विरुद्धको खोप लगाएका यात्रुलाई छुट दिने घोषणा गरेको हो ।आन्तरिक उडानका क्रममा कोरोना खोपको  दुई डोज लगाएको पत्र टिकट बिक्री काउन्टरमा देखाएपछि यात्रुलाई भाडामा छुट दिइने एयरलाइन्सले जानकारी दिएको छ । छुटको टिकट लिएका तथा खोप कार्ड भएका यात्रुले विमानस्थल प्रवेशको समयमा पनि विशेष प्राथमिकता पाउने एयरलाइन्सले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असार १८, २०७८
    • 91 पटक पढिएको
  • छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राउ

    भक्तपुर / भक्तपुरमा छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भइ चाँगुनारायण नगरपालिका – ८ सुडाल बस्ने ३१ वर्षीय पुरुष रहेका छन् । गत जेठ १० गते १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा उनलाई महानगरीय प्रहरी विभाग सुडालबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः असार १८, २०७८
    • 74 पटक पढिएको
  • भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    बिर्तामोड / जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश भू –भागमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।महाशाखाले प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतकर्ता अपनाउन आग्रह गरेको हो । ती प्रदेशका पहाडी भू –भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोख

    • प्रकाशित मितिः असार १८, २०७८
    • 65 पटक पढिएको
  • पुनः अवरुद्ध भयो पूर्वपश्चिम राजमार्ग

    नवलपुर / पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्रयाक्टर फसेपछि पुनः अवरुद्ध भएको हो । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको थियो । गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्रयाक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिए ।राजमार्ग विस्तारका लागि साना पुल हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालनक

    • प्रकाशित मितिः असार १८, २०७८
    • 71 पटक पढिएको
  • पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

    काठमाडौं / बागमती प्रदेश सरकारले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी प्रदान गरेको छ ।बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर पुरस्कार प्रदान गरेको हो ।पुरस्कृत हुनेमा पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा एसएस कटफ्लाओर नर्सरी काठमाडौंका अन्जना आचार्य, तेस्रोमा लालीगुराँश डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी, चौथोमा एग्रो एण्ड लाइभस्टक नेपाल प्रा.लि रामेछापका राजनबहादुर लामा र पाँचौ स्थान हुनेमा मेला

    • प्रकाशित मितिः असार १८, २०७८
    • 70 पटक पढिएको
  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    वीरगञ्ज / जंगली हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका २ औधापुर बस्ने ४५ वर्षीय रामदेव पटेलको मृत्यु भएको छ ।पटेललाई बिहान आठ बजे खेतमा काम गरिरहेका बेला हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।पर्सा राष्ट्रिय निकुञ्जबाट हात्ती आएको हुनसक्ने प्रहरीले जनाएको छ । पसाहा खोलातिर पसेको हात्ती नियन्त्रणको लागि निकुञ्जबाट प्राविधिक टोली बोलाइएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिएका छन्।

    • प्रकाशित मितिः असार १८, २०७८
    • 57 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.