काठमाडौं / बागमती प्रदेश सरकारले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी प्रदान गरेको छ ।

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर पुरस्कार प्रदान गरेको हो ।

OM Sai Pathibhara Hospital

पुरस्कृत हुनेमा पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा एसएस कटफ्लाओर नर्सरी काठमाडौंका अन्जना आचार्य, तेस्रोमा लालीगुराँश डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी, चौथोमा एग्रो एण्ड लाइभस्टक नेपाल प्रा.लि रामेछापका राजनबहादुर लामा र पाँचौ स्थान हुनेमा मेलापात अर्गानिक एग्रो फार्म भक्तपुरका कबिन्द्र श्रेष्ठ रहेका छन् ।

मन्त्रालयले प्रदेश भित्र किशानका विभिन्न विधा अन्तर्गत दुध उत्पादन, प्रशोधन, विविधकरण तथा बजारीकरण क्षेत्रमा अतुल्य योगदान पुर्याउदै आएका किसानलाई पुरस्कृत गरेको हो  ।