गुल्मी / गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको लु१ज –४५६५ नम्बरको जिप आज (बुधबार) बिहान साढे ११ बजेतिर गुल्मीको मुसिकोट नगरपालिका –४ स्थित दोभानमा दुर्घटना भएको हो । दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए ।दुर्घटनामा अरु सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिए । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको छ ।
बागलुङ / नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आव भित्रमा ४६४ त्यस्ता ग्राहकबाट ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ ।महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने गरिएको केन्द्र प्रमुख शिवनारायण गोशलीले जानकारी दिएका छन् । मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नतिरेमा बिनासूचना जुनसुकै समयमा पनि प्राधिकरणले लाइन काट्न सक्ने कानूनी व्यवस्था छ । तोकिएको अवधिभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्ने गरिएको प्रमुख गोशलीको भनाइ छ । लाइन काटिएपछि बल्ल ग्राहकल
गोदावरी / कैलालीको धनगढी उपमहानगरपालिका–६ मा जाइ जाली सिँचाइ बाँध निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको नौ करोड ४५ लाखको लागतमा सो बाँधको निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालले जानकारी दिएका छन् ।बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ३७६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने र ३८० परिवारका दुई हजार ५०० भन्दा बढी प्रत्यक्ष लाभान्वित हुने धितालले जानकारी दिएका छन् ।सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र गहुँ धेरै फल्ने बत
म्याग्दी / बेनी नगरपालिका –१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर , सारेमारे र ढोडेनी खोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् ।प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलबार उत्खनन भइरहेको स्थानको अनुगमन गरेको थियो। अवैध नद
धरान / सुनसरीको धरान –८ तिनकुनेबाट प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरगढी नगरपालिका –९ बस्ने २१ वर्षीय सुजन लिम्बू रहेका छन् । मङ्गलबार राती १० बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने इटहरीबाट धरान तर्फ आउँदै गरेका लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुका साथबाट प्रहरीले प्रतिबन्धित औषधी ट्रामाडोल –६६० ट्रयाबलेट र इस्प्यासपेन –७७० ट्याब्लेट बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
धनुषा / धनुषामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका धनुषाको सहिदनगर नगरपालिका-३ गोठकुहाका २१ वर्षीय गोविन्द यादवको उपचारको क्रममा मृत्यु भएको हो । गोविन्द मंगलबार बिहान साढे ६ बजे घर नजिकै ककर्लाको झाडीमा गम्भीर अवस्थामा फेला परेका थिए। उनलाई अज्ञात समूहले सोमबार राति कुटपिट गरी झाडीमा फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। गम्भीर घाइते भएका गोविन्दलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो । तर‚ त्यहाँ उपचार सम्भव नभएपछि मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा रेफर गरिएको थियो। उनको सोहि अस्पतालमा उपचारको क्रममा मृत्यु भए
मोरङ / सुन्दरहरैचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका ५ जना पक्राउ परेका छन् । केराबारी क्षेत्रबाट मङ्गलवार राती पक्राउ परेका उनीहरुबाट सुन पसल लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोल फेला परेको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ।पक्राउ परेको समूह सोही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको मोरंग प्रहरीले जनाएको छ। अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्या
राजविराज / नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक १६ लाख रुपैयाँ बाँकी रहेको भन्दै विद्युत् आपूर्ति लाइन काटिएको हो ।पटक–पटक ताकेता र पत्राचार गर्दा पनि बेवास्ता गरेकाले कार्यालयको विद्युत् आपूर्ति बन्द गरी लाइन काटिएको वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिएका छन् । उनी भन्छन्, “दुई दिनअघि पनि बक्यौता बुझाउन पत्राचार गर्नुका साथै प्रमुख जिल्ला अधिकारीको
झापा / बलात्कारको आरोप लागेका एक प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका-१ धनगढी घर भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड झापामा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डल छन्। उनले युवतीलाई विभिन्न प्रलोभन दिइ बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। पटक-पटक विभिन्न मितिमा विभिन्न स्थानमा बलात्कार गर्दै आएकोमा पछिल्लो पटक गत चैत २८ गते सुनसरीको इटहरीमा बलात्कार गरेको आरोप लगाउँदै एक २३ वर्षीया महिलाले गत साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दर्ता गराएकी थिइन् ।इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा स्वयं उपस्थित भएका असई मण्डललाई मं
म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताएका छन् । प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलबार उत्खनन भइरहेको बगरको अनुगमन गरेको थियो । अवैध न
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.