धरान / सुनसरीको धरान –८ तिनकुनेबाट प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरगढी नगरपालिका –९ बस्ने २१ वर्षीय सुजन लिम्बू रहेका छन् । 

मङ्गलबार राती १० बजे अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने इटहरीबाट धरान तर्फ आउँदै गरेका लिम्बुलाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ परेका लिम्बुका साथबाट प्रहरीले प्रतिबन्धित औषधी ट्रामाडोल –६६० ट्रयाबलेटइस्प्यासपेन –७७० ट्याब्लेट बरामद गरेको  इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।