गोदावरी / कैलालीको धनगढी उपमहानगरपालिका–६ मा जाइ जाली सिँचाइ बाँध निर्माण भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको नौ करोड ४५ लाखको लागतमा
सो बाँधको निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन
कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालले जानकारी दिएका छन् ।
बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ३७६ हेक्टर
क्षेत्रफलमा सिँचाइ हुने र ३८० परिवारका दुई हजार ५०० भन्दा बढी प्रत्यक्ष
लाभान्वित हुने धितालले जानकारी दिएका छन् ।
सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा छ महिनाअघि नै
निर्माण सम्पन्न गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र
गहुँ धेरै फल्ने बताउँदै तरकारी पनि वर्षमा दुई/तीनपटक लगाएर स्थानीयवासीको
आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
सिँचाइ बाँध निर्माणसँगै धनगढी–६ जाइ जालीलाई
तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिने वडाध्यक्ष भागीराम चौधरीले जानकारी दिएका
छन् । उनका अनुसार सो वडाका स्थानीय कृषकले व्यावसायिक रूपमा तरकारी खेती गर्दै
आएका छन् ।