समाचार

    Showing 22,951-22,960 of 26,025 items.
  • ९३ केजी गाँजासहित एक जना पक्राउ

    महोत्तरी / महोत्तरीबाट प्रतिबन्धित लागूऔषध (गाजा) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  धादिङ थाक्रे निवासी ३६ वर्षीय रमेश तामाङ रहेका छन् । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी छिन्नमस्ता वाहिनिवाट खटिएको प्रहरी टोलीले गएराति तामाङ पक्राउ गरेको हो । मनरासिस्वा नगरपालिका सुनौलो गाउँबाट उनी सवार ना ३ ७९३५ नम्बरको ट्रकमा ९३ केजी गाजा नियन्त्रण लिइएको हो ।थप अनुसन्धानको  तामाङलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउने तयारी भैइरहेको सशस्त्र प्रहरी मधेश प्रदेशले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 57 पटक पढिएको
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ४४३ युवा रोजगार

    लमजुङ / लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४४३ युवाले रोजगार पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको कार्यक्रममा एक हजार ३६३ पुरुष र ९३७ महिला गरि ४४३ युवाले रोजगार पाएका हुन् ।चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगार पाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताएका छन् ।गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला रहेका छन् । रोजगार पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो बनाउने, सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ, बाटो सफा गर्ने लगायतका काम पाए

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 75 पटक पढिएको
  • भ्रमणको लागी हिँडेको बस सर्लाहीमा दुर्घटना हुँदा २४ जना घाइते

    सर्लाही  / पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्यूठान पुगेर मोरङ तर्फ फर्कने क्रममा  सर्लाहीमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका-५ फुलजोर चोकमा प्रदेश ३-०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।घाइते मध्ये ५३ वर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको र उनको जनकपुरस्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 76 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई वैशाख १ देखि स्वघोषणा अनिवार्य

    काठमाडौँ / सरकारले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिले अबदेखि स्वघोषणा पत्र अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्थाको तयारी गरेको छ । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि वैदेशिक रोजगार विभागले सो व्यवस्था वैशाख १ गतेदेखि लागू गर्न लागेको हो ।वैदेशिक रोजगारीका नाममा भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि विभागले स्वघोषणा पत्र भर्नुपर्ने व्यवस्था गरेको जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलल

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 93 पटक पढिएको
  • सर्वोच्चद्वारा एआईजी बढुवा विरुद्धको रिट स्थगित

    काठमाडौं  / नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट सोमबार स्थगित भएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेशी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेशी स्थगित गराएको हो ।गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले एआईजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको थियो ।डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 72 पटक पढिएको
  • २९९.८८ ग्राम सुनसहित विमानस्थलबाट तीन पक्राउ

    काठमाडौं  / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २९९.८८ ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका –१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका –६ का २७ वर्षीय पेम्‍मा थोक्रा र नौगुण्ड गाउँपालिका –६ रसुवाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।एयर अरेबियाको विमानबाट आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।प्रहरीले सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगा

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 98 पटक पढिएको
  • बन्दुकको गोली बोकेर जापान जान लागेकी एक महिला विमानस्थलबाट पक्राउ

    काठमाडौँ / तनहुँकी भानु नगरपालिका-७ की सोविता नेपालीलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । गोली बोकेर जापान जान लागेकी नेपाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन् । विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउन्ड गोली फेला पारे लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी ढकालले जानकारी बताए ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 63 पटक पढिएको
  • भारतबाट धान लिएर सर्लाही जाँदै गरेको कन्टेनरभित्र १० हजार किलो चिनी बरामद

    सर्लाही / भारतबाट सर्लाहीको हरिवनमा  धान लिएर जाँदै गरेको कन्टेनरमा १० हजार किलो चिनी बरामद भएको छ ।  सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा १० हजार किलो  चिनी बरामद भएको हो ।भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिएका छन् ।कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उनले बताए । कन्टेरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताएका छन् ।कन्टे

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 110 पटक पढिएको
  • जनकपुरमा मालपोतका हाकिम ५ लाख रुपैयाँ घुससहित पक्राउ

    जनकपुरधाम / जनकपुरबाट भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका हाकिम पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनील कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो । एक सेवाग्राहीबाट जमिन पास गराउने सम्बन्धमा घुस मागेको विशेष सूचनाको आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले झालाई जनकपुरधाम उपमहानगरपालिका –२ भानुचोकमा रहेको चिया पसलबाट पक्राउ गरेको हो । चिया पसलमा सेवाग्राहीले दिएको ५ लाख रुपैयाँ सहित उनलाई सोमबार बिहान करिब ८ः३० बजे पक्राउ गरेको बताइएको छ । अख्तिया

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 83 पटक पढिएको
  • करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु

    खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउपालिका-७ मा विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई गाउपालिका -४ का २६ वर्षीय प्रताप खड्का रहेको प्रहरीले जनाएको छ । हिजो बेलुका साढे ४ बजे उदयपुरबाट  खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा करेन्ट लागी खड्काको मृत्यु भएको हो । करेन्ट लागि घाइते भएका उनलाई उपचारका लागि उदयपुर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा  गरेका थिए  । चालक उदयपुर त्रियुगा नगरपालिका-१२ का यमराज कटुवाललाई जिल

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 64 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.