लमजुङ / लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४४३ युवाले रोजगार पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालन गरिएको कार्यक्रममा एक हजार ३६३ पुरुष र ९३७ महिला गरि ४४३ युवाले रोजगार पाएका हुन् ।
चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगार पाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताएका छन् ।
गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला रहेका छन् । रोजगार पाएका युवाले पालिकाका विभिन्न स्थानमा बाटो बनाउने, सिँढी बनाउने, नयाँ बाटो खोल्ने, नाली निर्माण गर्ने, मोटरबाटो सोलिङ, बाटो सफा गर्ने लगायतका काम पाएका छन् ।
कूल बजेट रु दुई करोड ८० लाख २० हजार छुट्टाएको कार्यक्रम अन्तर्गत प्रतिव्यक्ति रु ५७७ का दरले दैनिक पारिश्रमिक पाउने भएका छन् ।