खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउपालिका-७ मा विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई गाउपालिका -४ का २६ वर्षीय प्रताप खड्का रहेको प्रहरीले जनाएको छ । 

हिजो बेलुका साढे ४ बजे उदयपुरबाट  खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा करेन्ट लागी खड्काको मृत्यु भएको हो । करेन्ट लागि घाइते भएका उनलाई उपचारका लागि उदयपुर अस्पताल लगिएको थियो ।

OM Sai Pathibhara Hospital

अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा  गरेका थिए  । चालक उदयपुर त्रियुगा नगरपालिका-१२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।