बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जिलिङका २४ वर्षीय नन्दन बर्मन रहेका छन । बुधबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपाल तर्फ आँउदै गरेका अवस्थामा बर्मनलाई पक्राउ गरेको हो । बर्मनलाई शंका लागि शरीर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद भएको थियो । प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका बर्मनको इलाका प्रहरी कार्याल
ओखलढुंगा \ सोलुखुम्बुबाट विराटनगर तर्फ जाँदै गरेको जिप ओखलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपमा सवार नौ जना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार ९: ३० बजे मानेभन्ज्याङ गाउँपालिका -६ भडारे खोला नजिकै जिप दुर्घटना भएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएकाहरुको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं रेफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिएका छन् । सवारी नम्बर, मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भोजपुर / भोजपुरको रामप्रसादराई गाउँपालिका-५ स्थित भोजपुर-मानेभन्ञ्याङ सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रामप्रसादराई-७ का २० बर्षीय जेबि राई रहेको प्रहरीले जनाएको छ । मंगलबार राती १० बजे भोजपुरबाट इँटा बोकी बासीखोरा तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएको राईलाई उपचारका लागी जिल्ला अस्पताल भोजपुर लगिए पनि उनको बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेकाको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।
बिर्तामोड / विराटनगरमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार दिउँसो विराटनगर महानगरपालिका-१५ रानी सीमाबाट स्रोत नखुलेको ३ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी बर्जुगाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव , उनकी श्रीमती ३८ वर्षीया शिव कुमारी ऋषिदेव , भारत सहरसा मानगढका २९ वर्षीय विसुनदेव मुखिया र २७ वर्षीय अविनाश मुखिया रहेका छन् भने चारजना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
काठमाडौं / गैरकानुनी रूपले अमेरिका प्रवेश गर्ने दश नेपालीलाई अमेरिकन सरकारले नेपाल पठाएको छ । अवैध रूपले अमेरिका प्रवेश गरेको भन्दै अमेरिकी अध्यागमन विभागले विमान चार्टर गरी उनीहरूलाई नेपाल फर्काएको हो । अध्यागमनले नेपाल फर्काउनेहरुमा राजु पौडेल, प्रविण बस्नेत, पेम्बा लामा, ध्रुव कुमार शंकर विष्ट मगर छिरिङ शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउले र बिराज केसी रहेका छन् ।अमेरिकामा लुकीछिपि बस्दै आएका उनीहरूसँग नेपाली राहदानीसमेत नभएको र भविष्यमा अमेरिका प्रवेश गर्न नपाउने गरी अध्यागमनले डिपोट गरेको जनाइएको छ ।
मोरङ / मोरङको जहदा गाउँपालिका १ लंकाटोलबाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३२ वर्षीय मुन्ना मल्लाह रहेका छन् । आइतबार दिउँसो साढे १ बजे अस्थायी प्रहरी चौकी भेडियारीबाट खटिएको प्रहरी टोलीले नेपालबाट लुकाई छिपाई भारत तर्फ लाँदै गरेको १४ केजी गाँजा बरामद गरेको हो ।गाजा सहित पक्राउ परेका मल्लाहलाई इलाका प्रहरी कार्यालय रानीले म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं / प्रहरीले भन्सार छलेर ल्याएको २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडा सहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ महानगरपालिका-१८ बस्ने ३८ वर्षीय सन्दीप कुमार रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उक्त कपडा अग्रवालले काठमाडौं महानगरपालिका-२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्ट पसलको गोदाममा फेला परे
बिर्तामोड / धौलागिरि हिमाल आरोहणमा गएका एक ग्रिसेली आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रिसेली नागरिक एनटोनिस स्यकारिस रहेका छन् । धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाइमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।धौलागिरी आरोहणका क्रममा उनलाई सेभेन समिटका दावा शेर्पाले गाइड गरेका थिए । सन् १९६२ मा जन्मिएका एन्टोनिसले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा‚ कञ्चनजंघा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् ।
सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका -५ मा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पेमा ओङ्दि शेर्पाका एक वर्षीय छोरा निमा साङ्गे शेर्पा रहेका छन् । शेर्पालाई सोमबार जुठेल्नामा खोले पकाउन राखिएको फोसी भाडामा रहेको पानीमा डुबी मृत अवस्थामा फेला पारेको थिए । इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौँ / अमेरिकाको अध्यागमनले गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका दश जना नेपालीलाई निष्कासन गरेको छ । अध्यागमनले राजु पौडेल, प्रवीन बस्नेत, पेम्बा लामा, ध्रुब कुमार, शंकर विष्ट मगर, छिरिङ शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउतले र बिराज केसीलाई निष्कासन गरेको हो । आगामी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरूलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको बताइएको छ । उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन। निष्काशित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं पठाएको छ । अवाञ्छित ढंगले अमेरिका प्रवेश गरेको सूचना पाएपछि त्यहाँको अध्यागमनले उनीहरूलाई प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.