बिर्तामोड / धौलागिरि हिमाल आरोहणमा गएका एक ग्रिसेली आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रिसेली नागरिक एनटोनिस स्यकारिस रहेका छन् । 

धौलागिरि हिमाल आरोहण गरेर फर्किने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाइमा उनको मृत्यु भएको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

धौलागिरी आरोहणका क्रममा उनलाई सेभेन समिटका दावा शेर्पाले गाइड गरेका थिए । सन् १९६२ मा जन्मिएका एन्टोनिसले हालसम्म ८ हजार मिटरभन्दा माथिका सगरमाथा‚ कञ्चनजंघा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् ।