बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जिलिङका २४ वर्षीय नन्दन बर्मन रहेका छन । बुधबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपाल तर्फ आँउदै गरेका अवस्थामा बर्मनलाई पक्राउ गरेको हो ।

बर्मनलाई शंका लागि शरीर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद भएको थियो । प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका बर्मनको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको  छ ।